६ चैत्र २०८१, बिहीबार

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् ।
बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो ।
सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ ।
त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ ।


रत्नराजमार्गको जमुनाह देखी राँझा मानिकापुरसम्मको सडक ठाउँ ठाउँमा भत्किएको र जिर्ण बन्दै गएकोले अहिले उक्त सडकलाई निकै स्तरीय तरिकाले असफाल्ट कालोपत्रे गर्ने गरि टेण्डर आह्वान गरिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले बताउनुभयो ।
उहाँले उक्त सडक ९० दिनभित्र निर्माण गर्ने गरि ४२ करोडमा ठेक्का आह्वान गरिएको जनाउँदै छिटै ठेक्का प्रक्रिया पुरा भै सडक निर्माण हुने बताउनुभयो ।
मन्त्री राईले यसअघि साउन १५ गतेनै हुलाकी राजमार्ग अन्तर्गत पुष्पलाल चोकदेखि राप्ती नदीको सिधनिया घाटको राप्तीपुलसम्मको सडकलाई फारकिलो गरी हाल ५.५ मिटर रहेकोमा बस्तीमा ११ मिटर नाला समेत तथा बस्ती बाहिर ९ मिटर बनाइने र बस्ती भएको ठाउँमा स्ट्रिट लाईट समेत जडान गर्ने टेण्डर आह्वान गरिसकिएको बताउनुभयो ।
सो सडकको निर्माण कार्य १२० दिनमा गरिने र त्यसका लागि १९ करोड ७० लाखको बजेट विनियोजन गरिएको छ ।
विकासप्रमी नेताका रुपमा परिचित मन्त्री राईकै निर्देशनमा नेपालगञ्ज र कोहलपुरका अति व्यस्त चोक र स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ भने राप्तीनदी र डुडुवा नदीमा फराकिलो र लामो पुल निर्माणका लागि पनि स्टीमेट बनाउने र अध्ययनको काम शुरु गरिएको छ ।
यीसंगै अरु केही महत्वपुर्ण विकास निर्माणका योजनाहरु मन्त्रालयले तयार गरिरहेको तथा केही दिनमै सो बारेमा जानकारी गराइने मन्त्री राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
5
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *