ज्ञान नेपालद्धारा मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विकृतिविरुद्ध सचेतना कार्यक्रम
समाचारदाता
नेपालगन्ज, कात्तिक २ । मानव बेचबिखन, घरेलु हिंसा, सामाजिक विभेद तथा हानिकारक परम्पराविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुभ सन्देश सभा नेटवर्क नेपालद्वारा आयोजित कार्यक्रममा सामाजिक समस्या न्यूनीकरण, नागरिक अधिकारको संरक्षण र सुरक्षित समाज निर्माणमा सामुदायिक सचेतनाको महत्त्वमाथि जोड दिइएको थियो ।
प्रशिक्षणका क्रममा मानव बेचबिखनलाई मानव अधिकार र सामाजिक सुरक्षासँग जोडिएको गम्भीर समस्याका रूपमा प्रस्तुत गर्दै यसबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा चर्चा गरिएको थियो । रोजगारी, वैदेशिक यात्रा तथा अन्य अवसरको प्रलोभन देखाएर गरिने शोषणबाट जोगिन आधिकारिक सूचना प्राप्त गर्ने, सम्बन्धित कागजातको वैधानिकता जाँच गर्ने र शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउने विषय महत्त्वपूर्ण म...








