समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ ।
बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।
पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वतन्त्र उम्मेदवार प्रदेशसभामा देखिए भने मिलेर निर्वाचनमा जाने समेत बताउनु भएको छ । उहाँले भ्रष्टाचारलाई शुन्यमा झार्ने उदेश्य र लक्ष्यका साथ उम्मेदवारी दर्ता गर्ने जानकारी गराउँदै आफ्नो सम्पत्ति विवरण निर्वाचन आयोग र जनता समक्ष सार्वजनिक गर्ने तथा सार्वजनिक गरिएको भन्दा सय रुपियाँ पनि बढी देखिएमा कारवाही सहन तयार रहेको बताउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
