नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर १६ । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आफनो १६ औं बार्षिक उत्सव निकै भव्यताका साथ मनाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिने क्रममा बार्षिकोत्सव मनाएको हो ।
स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको भनी शुभकामना दिर्दै सोफियाले गरेको प्रगति हेर्दा निकै राम्रो लागेको बताउनुभयो ।
नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामना दिनुभयो ।
स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलले २० बर्ष अगाडि आफुहरुले सोचेको योजना, जुन थोरै लगानीमा नेपालगंजमै अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिन सकीयोस भनेर सन २००४ बाट शुरु भएको प्रयास सफल हुदै गएको बताउनुभयो । उहाँले आगामी बर्षदेखी कक्षा ११ को कक्षा पनि शुरु गर्ने योजना रहेको जनाउँदै त्यसका लागि सबैको सहयोग र सहकार्यमा जोड दिनुभयो ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० स्थित विद्यालय प्राङ्गगणमा आयोजित १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रममा बर्ष उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतिभा लगायतका विधामा सफल हुने विद्यार्थीलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्कीने खालका पोषाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका प्रस्तुती राखेका थिए ।
शोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले प्रत्येक बर्ष बार्षिक उत्सव, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना गर्दै आएको सञ्चालक डक्ट धितालले बताउनुभयो ।