समाचारदाता
नेपालगञ्ज, पुस १ । प्लान नेपालले जिल्ला परियोजना सल्लाहकार समिति बाँकेको बैठक सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्लानद्धारा बाँकेमा सञ्चालन गरिएको विभिन्न परियोजनाको समिक्षा गरिएको थियो ।
बैठकमा बोल्दै जिसस बाँकेका प्रमुख चौधरीले बालअधिकार र बाल संरक्षण गर्न तथा वालविवाह रोक्नका लागि प्लानले गरेको सहयोग अतिनै लाभदायी भएको बताउनुभयो ।
उहाँले बाँके जिल्ला सीमानामा रहेकोले मानव बेचविखनको अतिनै उच्च जोखिम रहेकोले सो रोक्नका लागि पनि प्लानले विभिन्न संघसंस्था मार्फत निकै उपयोगी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
बैठकमा प्लान नेपालको सुर्खेतस्थित क्षेत्रीय कार्यालयका प्रमुख मिना पराजुलीले प्लानले यस क्षेत्रमा गरिरहेका कामहरु बारे जानकारी गराउँदै विभिन्न परियोजनाले पारेको प्रभावका बारेमा पनि बताउनु भएको थियो ।
सोही प्रकारले प्लान नेपालका विनय ज्ञवाली र सन्तोष पुलामीले बाँकेमा प्लानको आर्थिक सहयोगमा विभिन्न संस्थाद्धारा सञ्चालन गरिएका परियोजना बारे विस्तृत जानकारी गराउनु भएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, जिल्ला समन्वय समिति बाँकेका समन्वय अधिकारी रेखा श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका शाखाका प्रमुख पवित्रा पुरी, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका अधिकृत हिम कुमारी पुन, महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक अमृता थापा र जिल्ला बालक्लब सञ्जाल बाँकेका संयोजक नैन्सी शाह लगायतले प्लानले सहयोग गरेका कार्यक्रमले बालबालिकामा ठुलो परिवर्तन आएको बताएका थिए ।
उहाँहरुले कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सुझाव सल्लाह पनि दिनुभएको थियो ।
सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद सिद्दिकी, जिल्ला समन्वय समितिका सदस्यहरु सन्त कुमार चौधरी र रेवती परियार, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, साथी संस्थाकी सदस्य पवित्रा बोहोरा, बिग्रुपका सुर्य नेपाली लगायतको सहभागिता रहेको थियो ।