८ माघ २०८१, मंगलवार

बर्दियाका युवा महिलाकालागि सेक्युरेटि गार्ड तालिम शुरु

बर्दियाका युवा महिलाकालागि सेक्युरेटि गार्ड तालिम शुरु

समाचारदाता
नेपालगञ्ज, पुस ४ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।
बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि शुरु गरिएको कार्यक्रम अन्तर्गत १८ जना महिलालाई सेक्युरेटि गार्डको तालिम दिन शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले महिलाको रोजाई अनुसार तालिम दिने कार्य भैरहेको जनाउँदै यो कार्यक्रमले धेरै महिलालाई स्वरोजगार बनाउने बताउनुभयो ।

क्लबका अनुसार कम्प्युटर डिजाईनिंग, सेल्लपर्सन, टेलरिङ, बुटिक, ब्यूटी पार्लर, कृषि र पशुपालन तालिम यसअघिनै शुरु गरिसकिएको छ ।
३९० घण्टे सेक्युरेटि गार्डको तालिम कार्यक्रमको उदघाटन समारोह नेसनल मानस विकास विकास तालिम केन्द्रका निर्देशक राकेश रोशन धमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उदेश्यका बारेमा पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
क्लबले बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गरिरहेको छ । सो सीप विकास तालिम दिनका लागि प्रशिक्षक उपलब्ध गराउने जिम्मा नेसनल मानस विकास तालिम केन्द्र नेपालगन्ज तथा बडीमालिका मल्टिप्रपोज प्रालि काठमाडौंलाई दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *