सिराज खान
नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।
शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ ।
समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।