१० माघ २०८१, बिहीबार

उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

गठबन्धन बलियो हुनुका साथै अधिकांश व्यवसायिको समर्थन समावेशीलाई
सिराज खान
नेपालगन्ज, साउन ३१ । ‘उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नाराका साथ १७ बुँदे प्रतिवद्धता र साच्चिकै समावेशी टीम बनाएर सबैभन्दा ठुलो गठबन्धनका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि प्रचार प्रसारमा होमिएको समावेशी प्यानलको जित सुनिश्चित रहेको अधिकांश व्यवसायिले बताएका छन् ।
चर्चित व्यवसायि टंक धामीको नेतृत्वमा बलियो प्यानलसहित निर्वाचनमा होमिएको समावेशी प्यानललाई संघमा उत्कृष्ठ नेतृत्व गरेका तीन जना पुर्व अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीको सहयोग र समर्थन रहेकोले सो प्यानलको जित सुनिश्चित देखिएको हो । उद्योगी व्यवसायिका डायनामिक लिडरहरु श्रेष्ठ, वैश्य र मन्सुरी तीनैजना पहिलो पटक एकै प्लेटफर्ममा उभिनु भएकोले पनि सो प्यानल अर्को प्यानलभन्दा धेरै अगाडी रहेको मतदाता व्यवसायिकै भनाई छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका रहनु भएका अधिकांश मतदाता मधेशी, पहाडी र मुस्लिम समुदायबाटै रहनु भएकोले तीनवटै समुदायमा अत्यधिक प्रभावशाली मानिनु हुने संघका तीन जना पुर्व अध्यक्षहरुको समर्थन समावेशी प्यानललाई हुँदा स्वतः बलियो भई विजयको नजिक पुगेको आकलन जिल्ला भरि गरिएको छ ।


नेपालगन्जको मुख्य पहिचानको रुपमा रहेको सबैविचको सदभाव र भाइचारालाई बलियो बनाएर उद्योगि व्यवसायिका समस्याहरु समाधान गर्न समावेशी प्यानल मात्रै सक्षम रहेको दावि गर्दै यसै प्यानललाई सबैको समर्थन र सहयोग देखिएको संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले उद्योगी व्यवसायिलाई विभिन्न बहाना र नाममा विभाजन गर्ने प्रयास भइरहेको जनाउँदै तर यहाँका व्यवसायिले सदभाव र एकताको प्रदर्शन गर्ने ठोकुवा गर्नुभयो ।
सोही प्रकारले संघका अर्का पुर्व अध्यक्ष नन्दलाल वैश्यले समावेशी प्यानल मात्रै सबैको प्यानल बन्न सकेकोले यसै प्यानलमुनि जिल्लाका अधिकांश व्यवसायि मतदाता गाृेलबन्द हुँदै गएको बताउनुभयो । उहाँले हामी तीन जना पुर्व अध्यक्षले सधैं उद्योगी व्यवसायिको हकहितका लागि काम गर्दै आएकोले नै हामीलाई व्यवसायिले अध्यक्षमा विजयी गराएको जनाउँदै अब टंक धामी नेतृत्वको टीमलाई पनि जिताउने दावी गर्नुभयो ।
सो प्यानलबाट उम्मेदवार बन्नु भएका चिरन्जिवि ओली, मन्दिरा पाण्डे, हरिलाल न्यौपाने, भिम बहादुर रानाभाट र सलाहुद्दिन जसगढ लगायत सदस्यका उम्मेदवारहरुपनि पनि उद्योगी व्यवसायिविच अतिनै लोकप्रिय व्यक्तित्वहरु भएकोले उहाँहरुपनि आफ्ना प्रतिद्धन्द्धीभन्दा धेरै अगाडी रहनु भएको समावेशी प्यानलका सचिवालय प्रमुख बसन्त लामिछानेले बताउनुभयो ।
समावेशी प्याननले सार्वजनिक गरेका प्रतिवद्धताहरु मात्रै पुरा गर्न सकियो भने नेपालगन्ज मात्र नभई बाँकेका सम्पुर्ण उद्योगी व्वयसायिका समस्याहरु समाधान हुने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *