१ जेष्ठ २०८२, बुधबार

बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

जनवर्गिय संगठनहरुको भेला र बैठकको कार्यतालिका सार्वजनिक
समाचारदाता
नेपालगन्ज, भदौ १२ । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दैछ । सो रुपान्तरण अभियानलाई बढी भन्दा बढी सफल बनाउन अहिले देशैभरि माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्मका सबै संगठनहरु तयारीमा व्यस्त छन् ।
सोही क्रममा बाँके जिल्लामा पनि रुपान्तरण अभियानलाई सफल पारेर पार्टीलाई नयाँ उचाईमा पुरयाउने तयारी तिव्र गतिमा भइरहेको माओवादी केन्द्र बाँकेले जनाएको छ । सोही तयारीस्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पार्टीको पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएर जनवर्गिय संगठनहरुको पनि बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डे ‘जेम्स’ ले दिनु भएको जानकारी अनुसार पार्टीको कार्यक्रमका साथसाथै जिल्लामा कृयाशिल पार्टीका विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग तथा आस्थाका संगठनहरुको पनि प्रशिक्षण र वैठक लगायतका कार्यक्रमहरु सम्पन्न भइरहेका छन् । संयोजक पाण्डेका अनुसार रुपान्तरण अभियानका क्रममा जिल्लामा कृयाशिल रहेका पार्टीका विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग तथा आस्थाका संगठनहरुको वडा तथा पालिकास्तरमा एकैदिन भेला, बैठक तथा प्रशिक्षण गरि ती संगठनहरुलाई सक्रिय र चलायमान बनाइनेछ ।
माओवादी केन्द्र बाँकेले सार्वजनिक गरेको कार्यतालिका अनुसार महिलाको भदौ २० गते, किसानको भदौ २२ गते, वासिएलको भदौ २३ गते, थारुको भदौ २७ गते, मधेसीको भदौ २८ गते, मुस्लिमको भदौ २९ गते, जनजातिको भदौ ३० गते, विद्यार्थीको (इकाई कमिटी) असोज २ गते, जनसाँस्कृतिक महासंघको असोज ७ गते जिल्लाभरका ८१ वटै वडामा एकैसाथ भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गरिनेछ ।
त्यसैगरी शिक्षक संगठनको असोज ३ गते, कर्मचारीको असोज ३ गते, प्राध्यापक÷बुद्धिजीवीको असोज ३ गते, ट्रेड युनियन महासंघको असोज ६ गते र दलितको असोज ९ गते सबै वडामा एकैसाथ कार्यक्रम गरिने छ ।


वडाका कार्यक्रमहरु सम्पन्न भएपछि पालिकास्तरमा पनि एकैदिन कार्यक्रम गरिने कार्ययोजना रहेको माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले जानकारी दिनुभयो । संयोजक पाण्डेका अनुसार वासिएलको भदौ ३१ गते, महिलाको असोज ६ गते, किसानको असोज १० गते, मधेसीको असोज ११ गते, जनसाँस्कृतिक महासंघको असोज १२ गते, ट्रेड युनियनको असोज १३ गते, शिक्षक÷बुद्धिजीवी÷प्राध्यापक÷कर्मचारीको असोज १३ गते, प्रेस सेन्टरको असोज १४ गते, दलितको असोज १५ गते, मुस्लिमको असोज १६ गते, जनजातिको असोज १६ गते, विद्यार्थीको असोज १६ गते, सुकुमवासीको असोज १६ गते, उद्योगी÷व्यापारीको असोज १६ गते र यातायात गणतान्त्रिक संघको असोज १६ गते एकैसाथ प्रत्येक पालिकामा भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।
रुपान्तरण अभियानलाई सफल बनाउनका लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी सोनाम लगायतका प्रदेश र जिल्लास्तरीय नेताहरु अहिले बाँकेमा सक्रिय रहनु भएको छ ।
जनवर्गिय संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै लुम्बिनीका पुर्वमुख्यमन्त्री केसीले यो रुपान्तरण अभियान माओवादी केन्द्रलाई २०६४ को अवस्था भन्दा पनि बलियो बनाउने एउटा सुनौलो अवसर भएकोले सबैले रुपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले अब माओवादीका सामुन्ने पार्टीलाई बलियो बनाएर एक नम्बरको दल बनाउनुको विकल्प नरहेको प्रष्ट पार्दै त्यसो गर्न नसकिए ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *