२० आश्विन २०८१, आईतवार

सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

समाचारदाता
नेपालगन्ज, कात्तिक २१ । जारकोट र रुकुम पश्चिमका भुकम्पपिडित र घाइतेका लागि विभिन्न राहात र सहयोग जुट्ने क्रम तिव्र भएको छ । अहिले देशभित्र र देश बाहिरबाट सहयोग गर्नेहरु सक्रिय देखिएका छन् । सोही क्रममा नेपालगन्जस्थित सुमित मेडिको फार्म र जेभि फाउन्डेसन बाँकेले १ लाख ६७ हजार रुपियाँ भन्दा बढीको औषधी प्रभावित जिल्लामा पठाएको छ ।
सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले सो औषधी सहयोग गरेर भुकम्पबाट घाइते भएकाहरुको उपचारका लागि पठाउनु भएको हो । जेभि फाउन्डेसनका केन्द्रिय सदस्य यादवले सो औषधीबाट घाइतेको उपचारमा सहयोग पुग्ने र उपचार सहज हुने बताउनुभयो ।


उहाँले सो औषधी सहयोगमा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य दिनेश्वर प्रसाद यादव, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी र कोहलपुर सभापति जयराम थारुले पनि सहयोग गर्नु भएको बताउनुभयो ।
सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले आवश्यक परे अरु पनि औषधी सहयोग गरिने जनाउँदै कसैले पनि औषधी नपाएर दुख उठाउन नपरोस भन्ने आफुहरुको उदेश्य रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *