समाचारदाता
नेपालगन्ज, माघ २३ । पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालसँग नेपाली काँग्रेसको प्रचार विभागका केन्द्रिय सदस्य गिता शर्माविच राजनीतिक भेटघाट र विभिन्न विषयमा छलफल भएको छ ।
सो भेटघाटमा नेपालमा कसरी राजनीतिक स्थिरता कायम राख्न सकिन्छ र अहिले लाखौं विदेसिएका युवा वर्गलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल तथा विचार विमर्श भएको नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माले बताउनुभयो ।
उहाँले भेटघाटका क्रममा पुर्व प्रधानमन्त्री नेपालले देशको आर्थिक र राजनितिक अवस्थाको बारेमा निकै गहिरो चिन्ता व्यक्त गर्दै राजनितिक स्थिरताकालागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभएको बताउनुभयो ।
पुर्व प्रधानमन्त्री नेपाल र काँग्रेस नेता शर्माविच भएको सानो भेटघाट र छलफल निकै फलदायी र राम्रो रहेको पनि जनाईएको छ ।