८ असार २०८२, आईतवार

सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

देशलाई विश्वमा खेलकुदले चिनाउँछ–राखेप सदस्य विष्ट
समाचारदाता
नेपालगन्ज, फागुन ४ । बाँकेकै उत्कृष्ठ विद्यालयहरुमध्ये अग्रस्थानमा रहेको नेपालगन्जस्थित सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले शुक्रवार विविध रंगिचंगि कार्यक्रमका साथ १७ औं बार्षिक खेलकुद दिवस भव्यरुपमा सम्पन्न गरेको छ ।
स्कुलको प्राङ्गणमा सम्पन्न भएको खेलकुद दिवसमा विभिन्न प्रकारका मार्चपास र पिटीहरुसहित विभिन्न खेलकुदको आयोजनासंगै यसअघि खेलाइएका खेलकुदका बिजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरियो ।
पदक र शिल्ड विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, स्कुल सञ्चालक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धिताल, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी अध्यक्ष गजेन्द्र गुरुङ, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, पत्रकार केपी घिमिरे, सामाजिक अभियन्ता रमेश भण्डारी लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
पिटी र विभिन्न खेलकुद प्रतियोगितामा विद्यालयका अधिकांश विद्यार्थीहरुले भाग लिएको सञ्चालक सदस्य डा. डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरुले पनि दौड प्रतियोगितामा भाग लिएको जनाउँदै विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरुलाई पनि मेडल प्रदान गरिएको बताउनुभयो ।
प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रीकेट, डोरी तान्ने खेललगायतका खेल समावेश गरिएको शिक्षक धीरज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा ग्रीन हाउस च्याम्पियन बनेको अर्का शिक्षक सुरेश गुरुंगले बताउनु भयो । एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समुहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल भएको उहाँले जनाउनुभयो ।
त्यसैगरी जुनियर च्याम्पियन (कक्षा १ देखि ४ सम्म) छात्रतर्फ कक्षा ४ का आजम राई, छात्रातर्फ कक्षा ३ का शिखा बिक, इन्टरमिडियट च्याम्पियन (कक्षा ५ देखि ७ सम्म) छात्रतर्फ कक्षा ६ का प्रीन्स विष्ट, छात्रातर्फ कक्षा ६ कै ख्रीष्टिना पौडेल च्याम्पियन बने । त्यसैगरी सिनियर च्याम्पियन (कक्षा ८ देखि १० सम्म) छात्रतर्फ कक्षा १० का अनुराग बिक र छात्रातर्फ कक्षा १० कै रिबेका चौधरी च्याम्पियन बनेको शिक्षक गुरुंगले बताउनुभयो ।
सोफिया कलेजका निर्देशक प्रतिमा बसेलले संचालन गरेको कार्यक्रममा अग्रज पत्रकारहरु निरज गौतम, कृष्ण अधिकारी, झलक गैरे, राकेश मिश्र, रुपन ज्ञवाली, सामाजिक अभियन्ता सुरेन्द्र दिप कार्कीलगायतको उपस्थिति रहेको थियो । आफ्ना नानीबाबुहरुले पिटी, मार्चपास तथा खेल प्रदर्शन गर्दा उपस्थित अभिभावकहरुले निरन्तर ताली बजाउदै हौसला प्रदान गरेका थिए ।


देशलाई विश्वमा चिनाउने माध्यम खेलकुद हो–राखेप सदस्य विष्ट
स्कुलको वार्षिक खेलकुद दिवस कार्यक्रमका प्रमुख अतिथि राष्टिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्टले खेलकुदले देशलाई विश्वमा चिनाउने हुँदा यसमा निजि र सरकारी क्षेत्रले धेरै ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा प्रदान गर्ने जनाउँदै साना उमेरबाटै विद्यार्थीहरुलाई खेलकुदमा लगाउन सके उनिहरुले राम्रो नतिजा देखाउने बताउनुभयो ।
नेपालगन्जमा करोडौंको लागतमा निर्माण भएका खेल पुर्वाधारको संरक्षण गर्दै थप पुर्वाधार निर्माण गर्नेतर्फ राखेपको विशेष ध्यान गएकोले खेलकुदमा यस क्षेत्रले फड्को मार्ने सदस्य विष्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *