समाचारदाता
नेपालगन्ज, जेठ १९ । नेपालगन्जका चर्चित समाजसेवी राजा खानले नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको मदरसा लिलबनात बालिका विद्यालयका विपन्न बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिकालागि शैक्षिक समाग्री बितरण गरीएको जनाईएको छ।
बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ हाल अमेरिकामा रहनु भएका नेपालगन्जका समाजसेवी खानले शैक्षिक सामग्री समाजसेवि जावेद अलि मार्फत बिद्यार्थीहरुलाई बितरण गराउनु भएको हो । बितरण गरिएको सामाग्रीमा ब्याग, बेन्च १० थान, वाइट बोर्ड ३ थान, कुर्सि १ थान, पानी डिस्पेन्शर मेशिन १ थान लगायतका शैक्षिक सामग्रीहरु रहेको थियो । ती सामाग्री मदरसालाई हस्तान्त्रण गरिएको छ ।
२०० जना बालिकाहरु अध्ययनरत रहेको सो विद्यालयमा ६ जना शिक्षकले उक्त मदरसामा अध्यापन गराई रहनु भएको इरफान अलिले बताउनु भयो । उहाँले शिक्षाको बिकास भए मात्र भबिष्य राम्रो हुने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरेको बताउनु भयो ।
मदरसा लिलबनातका अध्यक्ष सलमा खातुन हल्वाईले मदरसाहरुको अवस्था नाजुक रहेको जनाउँदै समाजसेव िखानको यो सहयोगले बालिकाहरुलाई ठुलो मद्दत पुगेको बताउनुभयो । स्थानीय सरकारले मरदसाहरुलाई व्यवस्थित रुपमा संचालनका लागि भूमिका निर्वाह गर्न जरुरी रहेको अध्यक्ष हलवाईको भनाई थियो ।
समाजसेवी खानले विगत लामो समयदेखि नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा खेलकुद लगायत बालबालिकाको लागि विभिन्न प्रकारका सहयोगहरु प्रदान गर्दै आउनु भएको छ । उहाँको समाजसेवाको सहरमा निकै प्रंशंसा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1