२८ मंसिर २०८१, शुक्रबार

प्रयाप्त बर्षा नहुँदा बाँकेमा ६० प्रतिशत रोपाइँ

प्रयाप्त बर्षा नहुँदा बाँकेमा ६० प्रतिशत रोपाइँ

सिराज खान
नेपालगन्ज, साउन ५ गते । प्रयाप्त बर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता प्रयाप्त बर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
गत साता केही दिन राम्रो बर्षा भए पनि रोकिएपछि पानीको अभाव हुँदा रोपाइँ सुस्त हुन गई हालसम्म ६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताउनुभयो ।
उहाँले गत साता भएको बर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएकोमा थप बर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताउनुभयो ।


जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यवाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताउनुभयो । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइँ भएको बताउनुभयो ।
निरन्तर केही दिन बर्षा हुने हो भने जिल्लामा रोपाइँ एक साताभित्र सम्पन्न हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकाले अधिकांश किसानले बीउ समेत राख्न पाएका थिएनन् । सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पछि क्रमशः बर्षा भएकोले रोपाइँमा प्रगति भएको छ ।
पानी अभावले रोपाइँमा ढिला हुँदै गए पनि जिल्लामा धान उत्पादन हुने खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्रको अनुमान छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफलको खेतमा धानखेती गरिएको थियो । अहिले पनि रोपाइँ भइरहेको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *