२८ मंसिर २०८१, शुक्रबार

बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन

बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन

समाचारदाता
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलताको क्षमता विकास तालिम सञ्चालन भइरहेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चान गरिएको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन भइरहेको हो ।


आइतवारसम्म सञ्चालन हुने सो तालिममा राजापुर नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उदघाटन गर्दै राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै यस्ता तालिमले युवा महिलालाई रोजगारीमा लगाउन र आर्थिक अवस्था बलियो बनाउन सहयोग गर्ने बताउनुभयो ।


उहाँले स्थानीय सरकारले यस्ता परियोजनाको सफलताका लागि हर प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा जनाउनुभयो ।
बाँके युनेस्को क्लबका अनुसार सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा महिलाहरूलाई हरित व्यापार र साना उद्यमहरूको माध्यमबाट आर्थिक सशक्तिकरण र रोजगार सृजनाको अवसर प्रदान गर्नु रहेको छ ।
साथै उद्यमको छनौट, बजार, बजारको माग, आवश्यक कच्चा पदार्थहरु, व्यवसायिक जोखिमहरु, सफल उद्यममीमा हुनु पर्ने गुणहरु, व्यवसायिक योजना निमार्ण, व्यवसायिक नाफा नोक्सान आदिको बारेमा पनि तालिममा जानकारी गराउने कार्य भइरहेको छ ।
तलिमको उद्घाटन सत्र राजापुर नगरपालिका वडा न. ८ का वडाध्यक्ष राजेश थारूको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सो तालिमको सहजिकरण प्रशिक्षक राज बहादुर चौधरीले गरिरहनु भएको छ भने परियोजनाको लक्ष्य उदेश्यहरुको बारेमा जानकारी परियोजना अधिकृत राधे कृष्ण थारूले गराउनु भएको थियो ।
तालिममा परियोजनाका फिल्ड सुपरभाइजर संञ्जिता रिजालले व्यवस्थापन लगायतमा सहयोग र समन्वय गरिरहनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *