Uncategorized
नेपालगन्ज–डुडुवाको ‘कनेक्टिभिटी’संगै समान विकास मुख्य प्राथमिकता हो–ईश्तियाक राई
समाचारदाता
नेपालगन्ज, फागुन १३ । पश्चिमको ठूलो शहर नेपालगन्ज बाँके निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । यसै क्षेत्रमा छिमेकको डुडुवा गाउँपालिका पनि पर्छ ।
तर, विकासको दृष्टिले दुबै ठाउँमा आँँकाश जमिनको फरक छ । त्यस्तो फरकलाई समाप्त पार्नकै लागि नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ एमाले उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको मुख्य प्राथमिकतामा परेको छ ।
उहाँले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने कुरालाई महत्वका साथ राख्नु भएको छ ।
पूर्वमन्त्री राई भन्नुहुन्छ–‘नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेले विकासको फरकपना महसुस नगरोस् । धेरै सम्भावना र आशा हुँदाहुँदै पनि डुडुवा पछि परेको छ । तर अब बिगतको जस्तो हुँदैन ।’
छोटो समयका लागि...
बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो मेडिकल उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ...
विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता
समाचारदाता
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबले विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न गरेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिकास्तरीय युवा सञ्जालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो प्रतियोगितामा परियोजना सञ्चालित ६ वटा विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो ।
बढैयाताल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका विकास अधिकारी प्रथम, ज्ञानज्योति माविका खिमा गन्धर्व दोस्रो, सरस्वती माध्यमिक विद्यालयका निश्चल परियार तेस्रो र सरस्वती माविका त्रिशला रेग्मीले सान्त्वना...
बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन
समाचारदाता
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन भइरहेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो ५ दिने जीवन सीप विकास तालिम सञ्चालन गरिएको हो ।
तालिममा ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो तालिको उदघाटन गर्दै ठाकुरबाबा नगरपालिका वडा नं. २ का वडाध्यक्ष कमल प्रसाद चापाईले तालिमको सफलताको कामना गर्दै जीवन सीप विकास तालिमले युवा महिलाको जीवनमा ठुलो परिवर्तन ल्याउने बताउनुभयो ।
उहाँले यस तालिमले युवाहरुको व्यक्तित्व विकास हुनुको साथै ठाकुरबाबा नगरपालिकामा दक्ष र सक्षम युवाहरुको पनि संख्या बृद्धि हुने बताउनुभयो ।
यस्तै, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम वि...
बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन
समाचारदाता
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलताको क्षमता विकास तालिम सञ्चालन भइरहेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चान गरिएको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन भइरहेको हो ।
आइतवारसम्म सञ्चालन हुने सो तालिममा राजापुर नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उदघाटन गर्दै राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै यस्ता तालिमले युवा महिलालाई रोजगारीमा लगाउन र आर्थिक अवस्था बलियो बनाउन सहयोग गर्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकारले यस्ता परियोजनाको सफलताका लागि हर प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा जनाउनुभयो ।
बाँके युनेस्को क्लबका अनुसार सो तालिमक...
बर्दियाका वडा स्वास्थ्यप्रमुखहरुलाई सेवा सरल र व्यवस्थित बनाउने तालिम
समाचारदाता
नेपालगन्ज, मंसिर ५ गते । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत १२ वटै वडाका स्वास्थ्य प्रमुख तथा प्रतिनीधीहरुकालागी ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलवार देखी सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्म चल्ने आयोजक बाँके युनेस्को क्लबले जनाएको छ ।
स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउका लागी प्लान इन्टरनेसनलसंगको साझेदारीमा बाँके यूनस्को क्लबद्धारा वर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
सो तालिमको उदेश्य स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्ग मैत्री सेवा दिदै किशोर मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारकासाथै बाल मैत्री सेवा र नेपाल सरकारका यौन तथा प्रजनन स्वास्थ्यसेवा अधिकार, नीती निर्देशिका वारे जानकारी गराउने रहेको बाँके यूनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु ...
भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता
समाचारदाता
नेपालगन्ज, माघ २३ । भेरी अस्पताल विकास समितिका नवनियुक्त सदस्यहरु र एकजना नायब सुब्बालाई अस्पतालमा स्वागत गरिएको छ भने एकजना प्रशासन अधिकृतलाई अस्पतालबाट बिदाई गरिएको छ । अस्पताल बिकास समितिका सदस्यहरु डा डक्ट प्रसाद धिताल, किरण आचार्य र समिर गुरुङ तथा नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो ।
लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै नवनियुक्त सदस्यहरुको स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै बिकास समितिका सदस्य डा धितालले अस्पतालको बिकासका लागि चिकित्सक र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । उहाँले रिफरल अस्पतालका रुपमा परिचीत यस अस्पतालको बिकास र विस्तारका लागि सबैले मिलेर काम गर्नु पर्ने कुरामा जो...
नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता
– ‘नागरिकता’ नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरूको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरूलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ ।
– नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ ।
– अन्तर्राष्ट्रिय मानव अधिकारको मान्यताअनुरूप पनि “कुनै पनि व्यक्तिलाई राज्यविहीनताको अवस्थामा राख्न पाइँदैन ।”
नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ?
– नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिलाई
– जन्मका आधारमा नागरिकता लिएका व्यक...
