२६ मंसिर २०८२, बिहीबार

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

समाचारदाता
नेपालगन्ज, पुस ४ । बिहिबार दिउँसो जब सयौं बिद्यार्थिहरु एकै पटक बिभिन्न रंगविरंगी लुगा लगाएर आकर्षक नृत्य गर्दै मैदानमा उत्रिए, ठुलो संख्यामा त्यहाँ उपस्थित अभिभावक र अतिथिहरु सो दृष्य कैद गर्न आआफ्नो मोबाइलमा निकै बेरसम्म व्यस्त दखिए ।
यो दृष्य थियो, बाँके जिल्लाकै उत्कृष्ट बिद्यालयहरुमध्येको एक सोफिया रेजिडेन्सियल ईंगलिस स्कुल नेपालगन्जको बिद्यालय परिसर भित्रको खुला मैदानको । जहाँ भव्य कार्यक्रमको आयोजना गरी बिद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस सेलिब्रेसन मनाउँदै थियो ।


सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थिहरुले प्रस्तुत गरेको सामुहिक नृत्य, नाटक र लोपोन्मुख नृत्यमा करिब ५ घण्टासम्म सबै मंत्रमुग्ध भए । सो बिद्यालयका बालबालिकाले प्रस्तुत गरेको प्रस्तुती अतिनै सराहनीय र उत्कृष्ठ रहेको अधिकांशको प्रतिक्रिया थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबि बसेलको सभापतित्व एवं नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि थापाले आजका यी बालबालिका भोलिका कर्णधार हुन् भन्दै यीनि बालबालिकालाई राम्रो शिक्षा र वातावरण दुबै प्रदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षा तथा उत्कृष्ठ अतिरिक्त क्रियाक्लाप प्रदान गर्नमा सोफिया स्कुलको योगदान प्रशंसनीय रहेको बताउनु भयो । सोफिया जिल्लाकै उत्कृष्ट विद्यालयहरू मध्येको एक रहेको पनि उहाँले सो अवसरमा बताउनुभयो ।


विद्यालयका विद्यार्थीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै भेरी अस्पताल विकास समितिका सदस्य तथा वरिष्ठ पत्रकार डा डक्ट प्रसाद धितालले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल सोफिया स्कुलले गाउँ तहमा शिक्षाको विकासका लागि महत्वपूर्ण काम गरेको बताउनु भयो ।
सो अवसरमा बिभिन्न प्रतियोगितामा सफल बिद्यार्थिहरुलाई पदक र प्रमाणपत्र पनि बितरण गरिएको थियो ।


कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुशिला बसेलले विद्यालयले गरेका गतिविधिलाई समेटेर वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । १८ वर्ष अघि विद्यालयका संस्थापक प्राचार्य सुशिला बसेलले ४ जना विद्यार्थीबाट सुरु गरेको विद्यालयमा अहिले १२ कक्षा सम्म ८०० बढी विद्यार्थीहरू पढ्दै आइरहेका छन् ।


सोफिया स्क्ुलले गुणस्तरीय शिक्षासंगै बालबालिकाको उत्कृष्ठ हेरचाह र रेखदेख समेत गर्न सफल भएको जनाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसेलले बिद्यालयलाई अझै थप उत्कृष्ठ बनाउने प्रयासहरु जारी रहेको बताउनुभयो ।
सो अवसरमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गजेन्द्र बहादुर हमाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहीद मन्सुरी र पत्रकारहरुसंगै ठुलो संख्यामा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *