१० माघ २०८१, बिहीबार

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

सिराज खान
नेपालगन्ज, पुस ६ गते । ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वाथ्य परीक्षणसंगै औषधी बितरण गरेको छ । शिविरमा १५२ महिला र १३६ जना पुरुषको उपचार गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा सीमाना नजिकको खडैचा पिप्रहवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


सो शिविरमा २८८ जनाको निशुल्क उपचार गर्नुका साथै उनिहरुलाई बिभिन्न प्रकारका औषधीहरु पनि निशुल्क बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो ।


उहाँले सीमावासीको हरेक दुखसुखमा सहभागि हुने तथा उनिहरुसंग सम्बन्ध प्रगाढ गर्ने उदेश्यले ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालन गरिएको जनाउँदै सोही कार्यक्रम अन्तर्गत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।
सो शिविरको अनुगमन गर्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पालिकाले जनताको स्वास्थ्यसेवालाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै सशस्त्र प्रहरीले निशुल्क शिविर गरेर त्यसमा थप बल पुरयाएको बताउनुभयो ।


सो शिविरमा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरिक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्टहरु सशस्त्र प्रहरी नायब निरिक्षक भरत थापा र डिल्ली बहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेबहरु मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गर्नु भएको थियो ।
सो शिविरमा आएका अधिकांशलाई आँखा सम्बन्धि समस्या हुनुका साथै नाक कान घाँटी र छाला सम्बन्धि समस्या धेरै रहेको पाईएको डा. विवेक पुनले बताउनुभयो ।


उहाँले शिविरमा ५० देखि ७० वर्षको उमेरका बिरामीहरुको धेरै आएको जनाउँदै डुडुवा १ होलियाका ९३ बर्षिय बदलु अहिर र पिप्रहवाका ९२ बर्षिय राम प्रकटले पनि स्वास्थ्य परीक्षण गराउनु भएको बताउनुभयो ।
सशस्त्र प्रहरीले सीमावासीसं सम्बन्ध सुदृढ पार्न हाल आएर सडक नाटक, अन्तरक्रिया र निशुल्क स्वास्थ्य शिविर लगायतका विभिन्न कार्यक्रम गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *