६ फाल्गुन २०८१, मंगलवार

नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

समाचारदाता
नेपालगंज, पुस ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले यस आर्थिक वर्षमा ३ वटा मुद्दा दायर गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर भएका हुन ।
कार्यालयका अनुसार नेपालगंज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बिपरित मापदण्ड नपुर्याइ उद्योग संचालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा विरुद्ध यो मुद्दा दायर भएको कार्यालय प्रमुख प्रशान्त पोखरेले जनाउनु भयो । चार लाख ५० हजार मागदावी राखिएको छ।


अर्को मुद्दा वाई के ड्रिङ्किङ बाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर भएको थियो । त्यस्तै गत कार्तिक २५ मा नेपालगंज १८ स्थित क्वालिटि चाउमिन उद्योगले लेबल नलगाई चाउमिनको बिक्रि वितरण गरेको अभियोगमा तत्कालिन खाद्य ऐन २०२३ अनुसार मुद्दा दर्ता भएको थियो ।
बाँके र बर्दिया जिल्लामा कार्यालयले निरिक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय संचालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्रि वितरण पाइएकोमा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले बताएको छ भने अटेरी गर्नेलाई कानूनकी कारवाही गरिने छ भनी जानकारी दिएको छ। सो कार्यालयलाई दाना बजार र उद्योगको समेत अनुगमन गर्ने र दानामा मिसावट भए नभएको अनुगमन गरी कारवाही गर्ने अधिकार रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *