६ फाल्गुन २०८१, मंगलवार

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै

सीमा क्षेत्रमा शौचालय, खानेपानी ट्यांकी र प्रतीक्षालय निर्माण
सिराज खान
नेपालगन्ज, माघ ३ गते । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरीले बाँकेको पूर्वि सीमा क्षेत्रमा आवागमन गर्नेहरुको सुविधाका लागि शौचालय, खाने पानी ट्यांकी र प्रतीक्षालय निर्माण गरेकोे छ ।
सो कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आवागमन गर्ने दुबै देशका नागरिकको सहुलियतका लागि नरैनापुर र डुडुवा गाउँपालिकासंगको संयुक्त सहकार्यमा नाकामा शौचालय, खानेपानी ट्यांकी र सार्वजनिक चौतारोको निर्माण गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकीको छुट्टा छुट्टै कार्यक्रममा बुधवार नेपालगन्जका मेयर प्रशान्त विष्टले उदघाटन गर्नुभयो ।


दुबै कार्यक्रममा बोल्दै मेयर विष्टले सशस्त्र प्रहरीको यो कार्यबाट नाकामा आवागमन गर्ने नागरिकलाई निकै सहज हुने र त्यसबाट प्रहरीसंग सर्वसाधारणको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।
उहाँले प्रहरीले नाकाका जनतासंग सम्बन्ध सुदृढ बनाउनु भनेको नाकाको सुरक्षालाई थप बलियो बनाउनु हो भन्दै प्रहरी जनताको साथी भन्ने नाराले सार्थकता पाएको बताउनुभयो ।


सो अवसरमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नरैनापुर नाकालाई थप अपडेट गरेर सर्वसाधारणको आवागमनलाई सहज बनाइने जनाउँदै त्यसका लागि सबैको सहयोग चाहिएको बताउनुभयो ।
ती कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी लगायतले सशस्त्र प्रहरीले सीमावासीसंग सम्बन्ध सुदृढ बनाउँदै अगाडी बढेकोमा आभार व्यक्त गर्नुभयो ।


सो अवसरमा बोल्ने अधिकांश वक्ताले धार्मिक तथा सामाजिक सदभावमा जोड दिंदै विकास निर्माणका लागि नागरिकविच सदभाव र शान्ति आवश्यक रहेको बताउनु भएको थियो ।
नरैनापुर र डुडुवाको सीमा नाकामा निर्माण गरिएका शौचालय, पानी ट्यांकी र सार्वजनिक चौतारोका निर्माण दुई लाख रुपियाँको लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीले जनाएको छ ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षकहरु गजेन्द्र चन्द र प्रदीप बुढाथोकी, नरैनापुरका वडा अध्यक्षहरु इसाक जोलाह र मसुद अहमद शाह, सशस्त्र प्रहरी निरीक्षकहरु तथा जनपथ प्रहरी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *