६ चैत्र २०८१, बिहीबार

बैजनाथमा पोषण परियोजनाको अनुगमन र समिक्षा बैठक सम्पन्न

बैजनाथमा पोषण परियोजनाको अनुगमन र समिक्षा बैठक सम्पन्न

समाचारदाता
नेपालगन्ज, माघ २२ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो ।
पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे ।


सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरुले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो ।
सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै आमा समुहका सदस्यहरुले कार्यक्रम शुरु गरिएपछि ठुलो परिवर्तन भएको र बालबालिकलाई पोषणयुक्त खानेकुरा खुवाउन सकिएको जानकारी गराउनु भएको थियो ।


सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले परियोजनाका कार्यक्रम गर्दा समस्या भएमा जानकारी गराउन आग्रह गर्दै कार्यक्रमले पारेको प्रभाव र फाइदा बारे सोधपुछ गर्नु भयो ।
अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमै रहेको जलवायु अनुकुल कृषि प्रविधि सिक्नका लागि तयार गरिएको सामुदायिक सिकाई केन्द्रको पनि निरिक्षण गरेको थियो ।
सोही क्रममा सो टोलीले बैजनाथ ८ टिटिहिरिया स्वास्थ्य चौकीमा पुगेर सो स्वास्थ्य चौकीबाट प्राप्त हुने सेवा सुविधाबारे जानकारी लिनुका साथै कुपोषित बालबालिकाका आमाहरुलाई पोषण खाद्य पनि वितरण गरियो ।


सो अवसरमा गाउँपालिकाका अध्यक्ष शाही र उपाध्यक्ष निर्मला रोकाय लगायतले कुपोषित बालबालिकाका आमाहरुलाई पोषण खाद्य बितरण गर्नुभयो ।
अन्तमा आयोजना गरिएको समिक्षा बैठकमा सहभागि सबैले अनुगमन गरेको कार्यक्रमको समिक्षा गरेका थिए । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष रोकायले पोषण परियोजना प्रभावकारी देखिएको जनाउँदै यसबाट आमाहरुलाई धेरै लाभ पुगेको बताउनुभयो ।


सो अनुगमन र समिक्षा बैठकमा गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष रोेकाय, वडा नम्बर ८ का वडा अध्यक्ष भगन थारु, पालिकाका सामाजिक विकास संयोजक भूमिसरा राना, जनस्वास्थ्य निरिक्षक दिल बहादुर बिक, सिनियर अनमि निरिक्षक प्रेम कुमारी थारु, केयर नेपाल कन्ट्री कार्यालयका प्रकाश सुवेदी, केयर नेपालका पदम लम्साल र सुवेक्क्षा पन्थी, आइडी नेपालका विनोद श्रेष्ठ, बिग्रुपका उपाध्यक्ष मिरा खनाल, बि ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनार र कर्मचारीहरु बिधायक केसी, दिपेन्द्र चौधरी, अनिता चौधरी तथा पत्रकारको सहभागिता रहेको थियो ।


बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषण सम्बन्धि समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *