२३ मंसिर २०८२, सोमबार

डुडुवा गाउँपालिकामा ३२ जना कडा कुपोषित बालबालिका भेटिए

डुडुवा गाउँपालिकामा ३२ जना कडा कुपोषित बालबालिका भेटिए

पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न
समाचारदाता
नेपालगन्ज, फागुन ८ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो गोष्ठि विहिवार सम्पन्न भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठिमा गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा प्रस्तुत गनुृका साथै उनिहरुको व्यवस्थापनको बारेमा बिस्तृत छलफल भएको थियो ।


कार्यक्रममा बालबालिकाको पोषण लेखाजोखा प्रस्तुत गर्दै गाउँपालिकामा कडा सिघ्र कुपोषण भएका ३२ जना बालबालिका भेटिएको र २१४ जना मध्यम सिघ्र कुपोषण भएका बालालिका भेटिएको जानकारी गराईएको थियो ।
कडा सिघ्र कुपोषण र मध्यम सिघ्र कुपोषण भएका बालबालिकाको तथ्यांक स्वास्थ्य ब्यबस्थापन तथा सूचना प्रणालीमा ईन्ट्री गर्ने र उनिहरुको अवस्थाका बारेमा नियमित अनुगमन गर्ने निर्णय गोष्ठिमा गरिएको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


शाखाका अनुसार गाउँपालिकामा कडा सिघ्र कुपोषण भएका ३२ जना र मध्यम सिघ्र कुपोषण भएका २१४ जना बालबालिकालाई खानपानका लागि पोषिलो खाद्यान्न बितरण गरिएको छ भने ३२ जना कडा कुपोषण भएका बालबालिकाले ओटीसीमार्फत ४२ दिने औषधी उपचारात्मक खाना खाइरहेका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोले कुपोषित भेटिएका बालबालिकालाई पोषण खानेकुरा लगायत उपचार पनि आवश्यक रहेकोले सो तर्फ गम्भीर रहन सम्बन्धित सबैसंग आग्रह गर्नुभयो ।


केयर नेपालका शुभेच्छा पन्थीले सहजीकरण गर्नु भएको सो गोष्ठिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पाण्डे, वडा नम्बर २, ३ र ४ का वडा अध्यक्षहरु क्रमशः दुर्गा प्रसाद बर्मा, आमोद तिवारी र सगिर खाँ, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्मा, बेतहनी स्वास्थ्य चौकीका सिनियर अहेब बिरेन्द्र घले, कृषि शाखा प्रमुख सुशिल कुमार शर्मा, न्यायिक समितिका विवेक कुमार तिवारी, शिक्षा युवा तथा खेलकुद शाखाका राम एकबाल मण्डल, महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाका सुनिता थापा, स्वास्थ्य शाखाका पवन किराती र परियोजनाका सहजकर्ता मनोज विक लगायत वडा सदस्यहरु तथा अन्य कर्मचारीहरुले पोषण लेखाजोखा बारे आ आफ्नो धारणा, मन्तव्य र सुझाव प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *