६ चैत्र २०८१, बिहीबार

सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

ब्लु हाउस बन्यो च्याम्पियन, अभिावकहरुले पनि खेल खेलेर रमाए
समाचारदाता
नेपालगन्ज, फागुन १३ । पचास भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर बिद्यालयका बालबालिकादेखि अभिभावक माता पिता समेतलाई खेलमा सहभागि गराई सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले मंगलवार १८ औँ खेलकुद दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा विभिन्न विधामा खेलाइएका ५० भन्दा बढी खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।


विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अंक प्राप्त गरेर ब्लु हाउसले खेलकुद दिवसको उपाधी जित्न सफल भई च्याम्पियन बन्न सफल भयो ।
विभिन्न खेलहरुमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष केबी बसेल, प्रबन्ध निर्देशक सुशीला बसेल, प्रिन्सिपल सुरेश गुरुङ, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, गोरखापत्रका वरिष्ठ समाचारदाता सिराज खान, रेडियो नेपालका संवाददाता आलम खान, पत्रकारहरु गजेन्द्र गुरुंग र शंकर खनाल लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।


प्रमुख अतिथि मन्त्री अग्रवालले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा काम गरिरहेको बताउनुभयो ।
सोफिया स्कुलमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उहाँले खेलको विकासलाई अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको जनाउनुभयोे ।


स्थानीय स्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री अग्रवालको धारणा थियो ।
कार्यक्रममा पिजि कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा भाग लिएको प्रिन्सिपल सुरेश गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक माता पिता, शिक्षक, शिक्षिकाहरूले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरूलाई पनि मेडल प्रदान गरिएको थियो ।


प्रतियोगितामा विभिन्न दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबड्डी, फुटबल, क्रिकेट, खोखो, चेस, डोरी तान्ने खेल लगायतका खेलहरु समावेश गरिएको शिक्षिका रीता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो ।


प्रतियोगितामा ब्लु हाउस च्याम्पियन बनेको थियो । एथलेटिक्स, मार्चपास लगायतमा राम्रो प्रदर्शन गरेको सो समूहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो । प्रतियोगितामा दोस्रो ग्रिन हाउस र तेस्रो एल्लो हाउस भएको स्कुलले जनाएको छ ।
बिहान दसबजेबाट शुरु भएको खेलकुद दिवसका खेल र प्रतियोगिताहरु बेलुका करिब ६ बजेसम्म चलेका थिए भने ठुलो संख्याका अभिभावकहरु सबै कार्यक्रम सम्पन्न नहुँदा सम्म बिद्यालयको खेल मैदानमै उपस्थित रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *