२२ मंसिर २०८२, आईतवार

युवा समाजसेवी राजा खानद्धारा मदरसामा शौचालय निर्माणसंगै शैक्षिक सामाग्री वितरण

युवा समाजसेवी राजा खानद्धारा मदरसामा शौचालय निर्माणसंगै शैक्षिक सामाग्री वितरण

समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँकेका चर्चित युवा समाजसेवी राजा खान नेपालगन्जले मानव मात्रको सेवा र कल्याणका लागि गठन गरेको राजा खान बिईंग ह्यूमन समुहले जिल्लाको डुडुवा गाउँपालिकामा रहेको एक मदरसामा शौचालय निर्माण शुरु गर्नुका साथै त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको छ ।


बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ छोटी हलबलडोलीमा रहेको मदरसा शहादतुल उलुममा शौचालय नहुँदा त्यहाँ अध्ययन गर्न आउने बालबालिका र सो मदरसाका शिक्षक तथा धर्मगुरुहरुलाई समस्या परिरहेको थाहा पाएर आफुले आफ्नो समुहको तर्फबाट शौचालय निर्माण कार्यको शुरुवात गरेको समाजसेवी राजा खानले बताउनुभयो ।
उहाँले सो मदरसामा शौचालय निर्माणको शिलान्यास गर्नुका साथै निर्माणमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने जनाउँदै त्यहाँ अध्यनरत विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको बताउनुभयो ।


ग्रामिण क्षेत्रको मदरसामा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ गर्न पाउँदा अत्यन्तै खुसी महसुस भएको जनाउँदै समाजसेवी खानले शिक्षा र स्वच्छताका लागि उठाएको यो कदम विद्यार्थीहरूको उज्ज्वल भविष्यतर्फको एउटा महत्वपूर्ण पाइला भएको पनि बताउनु भयो ।
शौचालय निर्माणको शिलान्यास र शैक्षिक सामाग्री तिरणका लागि हलबलडोली पुग्नु भएका समाजसेवी खान र उहाँको टोलीलाई मदरसाका मौलाना, शिक्षक र स्थानीयले भव्य स्वागत तथा सम्मान गर्नुभएको थियो ।


यसअघि यसै साता मात्र समाजसेवी खानले नेपालगन्जस्थित बाँके कारागारमा रहेका मुस्लिम कैदी बन्दीको रोजा इफतारका लागि खाद्यान्न लगायत फलफूल सहयोग प्रदान गर्नु भएको थियो भने उहाँले समय समयमा विभिन्न सामाजिक कार्यमा भाग लिएर नेपालगन्ज र सो वरिपरिका विपन्न तथा युवाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *