१६ बैशाख २०८२, मंगलवार

मधुवनमा बिद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन कार्य शुरु गरिंदै

मधुवनमा बिद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन कार्य शुरु गरिंदै

समाचारदाता
नेपालगन्ज, चैत १२ । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ ।
मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरुको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो अभिमुखिकरण कार्यक्रममा सहभागि हुनु भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरुले तथ्यांक संकलन कार्य शुरु गर्ने जनाईएको छ ।


बिद्यालय वाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको सो अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपमेयर अनिता चौधरीले बिद्यालय वाहिर रहेका बालवालिकाको सहि तथ्यांक भएमा बिद्यालयमा ल्याउनकालागि सहज हुने बताउनुभयो ।
उहाँले तथ्यांककै आधारमा उनीहरुको सहयोगको लागि आगामी आ.व.०८२।०८३ को निती तथा योजनामा समेटेर बालवालिकालाई शिक्षाबाट वन्चित हुन नदिने र उनीहरुलाई केन्द्रित गरी योजना बनाउने र विभिन्न साझेदार संस्थासगं आग्रह गर्ने जानकारी गराउनु भयो ।


बिद्यालय वाहिर रहेका बालवालिकाहरुको तथ्यांक संकलन गरी उनिहरुलाई बिद्यालयमा भर्ना गरी शिक्षामा पहुँच पु¥याउन र कोही पनि बिद्यालयमा पुग्नबाट वन्चित नरहुन भन्ने उदेश्यका साथ मधुवन नगरपालिकालाई बिद्यालय वाहिर रहेका बालवालिकाका संरक्षण, संवद्र्धनकालागि निर्देशिका तयारपार्न परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको शसक्त बालिका परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो ।


तथ्याङ्क संकंलनका लागि शिक्षकहरुलाई गणकहरुको रुपमा छनौट गरी तथ्याङ्क संकलन कार्यको शुरुवात गराउने उदेश्यले सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नाराण प्रसाद खनालले गर्नु भएको छ ।
सो अभिमुखीकरण कार्यक्रम मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तथा प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लव सशक्त बालिका परियोजनाको सयुक्त साझेदारीमा सन्चालन गरिएको सामाजिक परिचालक मीनु थारुले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *