१६ बैशाख २०८२, मंगलवार

नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

समाचारदाता
नेपालगन्ज, चैत १४ । नेपालगन्ज उपमहानगरको सरसफाई र स्वच्छतामा अझैपनि सुधार आउन नसकेकोले त्यसका लागि कडाई, जरिवाना र सेवा सुविधा बन्द गर्ने सम्मका कदमहरु चाल्नु पर्नेमा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आयोजना गरिएको उपमहानगरपालिकास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा सहभागि जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् ।
उपमहानगरपालिकाको वातावरण तथा सरसफाई समितिका संयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रतापसिंहको अध्यक्षतामा सम्पन्न भएको खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा धारणा राख्ने अधिकांश जनप्रतिनिधिले सरसफाईमा कडाई नहुँदा स्थानीयले अटेरी गरेको र उपमहानगरभित्रै जनप्रतिनिधिमा समेत समन्वय नभएकोले समस्या भएको गुनासो गरेका थिए ।


खानेपानी तथा सरसफाई समन्वय समितिको पुनर्गठन र सरसफाइको अनुगमनको एजेण्डामा आयोजना गरिएको सो बैठकमा बृहत्त छलफलपछि नेपालगन्जका केही वडामा पुनर्गठन नभएका वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको पुनर्गठन गरि सक्रिय गर्नका लागि बि ग्रुपको प्राविधिक सल्लाहमा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा पुनर्गठन गर्ने निर्णय गरिएको वातावरण तथा सरसफाई समितिका संयोजक सिंहले बताउनुभयो ।
उहाँले यसैगरि उपमहानगरस्तरीय सरसफाई समन्वय समितिको सक्रियतामा सम्बन्धित वडामा सम्बन्धित निकायबाट नेपालगन्ज २० राँझा चोकदेखि राँझा एअरपोर्ट बजारसम्म र नेपालगन्ज ३ र ११ मा रहेको सदरलाइन, एकलैनी बजारदेखि त्रिभुवन चोकसम्म अनुगमन तथा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गर्दै सो कार्यक्रम चैत २३ गते बिहान राँझा र अपरान्ह त्रिभुवन चोकमा गरिने निर्णय गरिएको बताउनुभयो ।


बैठकमा वडा नम्बर २ का अध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष गोविन्द प्रसाद रेग्मी, वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्य, वडा नम्बर १४ का अध्यक्ष मजहर अलि शेष, वडा नम्बर १५ का अध्यक्ष मदन बिक्रम शाह, वडा नम्बर २० का अध्यक्ष कौशल धोबी, वडा नम्बर २१ का अध्यक्ष राज कुमार साहु र नेपालगन्ज उपमहानगरका कार्यपालिका सदस्यहरु बसन्त कनौजिया, मुजम्मिल हलवाई, संगिता रेग्मी, पुष्पासिंह, अमृता सिंह र विना थापा लगायतले सरसफाइका बारेमा आआफ्ना धारणा राख्नु भयो ।


यसैगरि सो बैठकमा कानुन शाखाका प्रमुख माया शर्मा, स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द र रोजगार केन्द्रका संयोजक अनुप बर्मा लगायतले पनि सरसफाई र स्वच्छताका लागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
बैठकको सहजिकरण ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले गर्नु भएको थियो ।
उक्त बैठकमा ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का सामाजिक परिचालकहरु सरिता अधिकारी र देवेन्द्र बुढाक्षेत्री लगायतको पनि उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *