समाचारदाता
बढैयाताल, (बर्दिया) ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादक भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ ।
बाँकेको कोहलपुर ९ हवलदारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोर्टस ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरु विच माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।
सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्बोत्तम विकास र उच्चतम लाभका लागि उनिहरुलाई दिने भोजननै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो ।
उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।
एबिस फिश फीड माछाको लागि बनाईएको एउटा सबैभन्दा राम्रो आहार भएको र यसले माछाको उचित बृद्धि विकासका लागि आवश्यक पर्ने उच्च पोषणको मांग पूरा गर्न मद्दत गर्ने कम्पनीका सहायक उपाध्यक्ष दितेश कुमार सिंहले जानकारी दिनुभयो ।
एबिस फ्लोटिंग फिश फीड तथा एबिस एक्वास्टारवाट उच्च गुणस्तरीय माछा मासु प्राप्त गर्न विशेषज्ञद्वारा सबै प्रकारका माछामा सही पोषण संतुलन बनाई राख्नको लागि यो फिडमा अनुसंधान र विकास गरिएको कम्पनीले जनाएको छ ।
अर्श सप्लायर्सका प्रमुख इलियास अहमद कुरेशीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर ५ का वडाअध्यक्ष तुलाराम थारु रहनु भएको थियो ।
कार्यक्रममा कल्पवृक्ष मत्स्य कृषक सहकारीका अध्यक्ष चन्द्रप्रकाश लम्साल, मत्स्यपालक कृषकहरु मिनराज पंगेनी, सिताराम थारु, एबिस फिड एक्सपोर्टर सिराज अहमद लगायत बढैयाताल क्षेत्रका ५० बढी कृषकको सहभागिता रहेको थियो ।
अन्तक्रियापछि आफ्नो प्रतिक्रिया दिंदै माछापालक किसानहरुले यो अन्तरक्रियाबाट माछा पालनलाई बृद्धि गर्ने र बढी भन्दा बढी आय आर्जन गर्न अपनाउनु पर्ने उपायहरुका बारेमा सिक्ने अवसर मिलेको बताउनुभयो ।