समाचारदाता
नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।
बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए।
बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तुलाराम चौधरी, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका अध्यक्षहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
साे प्रदर्शनीमा प्रस्तुत सामग्रीहरूको मूल्यांकन यमनाथ पौडेल, सुनील कुमार यादव र आशिष चौधरीले गर्नुभएको थियो। मूल्यांकनका आधारमा प्रथम स्थान जय कालिका माध्यमिक विद्यालयले प्राप्त गरेको थियो भने दोस्रो स्थान भगवती माध्यमिक विद्यालय र तेस्रो स्थान अमर ज्योति माध्यमिक विद्यालयले प्राप्त गरेको थियो ।
चौथो स्थानमा भवानी माध्यमिक विद्यालय रहेको थियो ।
प्रदर्शनीमा सहभागी सबै विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू र प्रमाणपत्र प्रदान गरिएको थियो भने विजेता विद्यालयहरूलाई विशेष सामग्रीहरू र प्रमाणपत्र वितरण गरिएको थियो।
गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षहरुले आगामी वर्ष पनि पालिकाको पहलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँहरूले कार्यक्रमको कार्यान्वयन र निरन्तरताका लागि आउदो आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता साे अवसरमा गर्नुभयाे ।
कार्यक्रमका क्रममा एजीसी अध्यक्ष स्वातिका खड्काले “युवा भेटघाट घोषणापत्र” पालिकाका उपाध्यक्षलाई बुझाउनु भएको थियो। बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो।
त्यस्तै, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द त्रिपाठीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमको निरन्तरतरका लागि शिक्षा शाखासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जाेड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1