२३ मंसिर २०८२, सोमबार

बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

समाचारदाता
नेपालगन्ज, असार १० । बाँकेको डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट मंगलवार प्रस्तुत गरेको छ ।
गाउँपालिकाको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र ५६ करोड १६ लाख ८ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
अध्यक्ष चौधरीले प्रस्तुत गर्नु भएको बेजटमा संघिय सशर्त अनुदान चालुतर्फ २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ ७५ लाख, प्रदेश ससर्त अनुदान १ करोड २० लाख र आन्तरिक आयतर्फ ५ करोड ८७ लाख रुपियाँ प्राप्त हुने जनाईएको छ ।


गाउँसभाले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत तरिकाले मंगलवारनै पारित गरेको र बजेटलाई छलफल तथा विचार विमर्शपछि पारित गराइने गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिकाको सो अधिवेसनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीको पनि उपस्थिति रहेको थियो । उहाँले डुडुवा गाउँपालिकाले जनताको सेवा र सुविधासंगै भौतिक विकासका लागि उत्कृष्ट बजेट तथा कार्यक्रम प्रस्तुत गरेको बताउनुभयो ।


सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाको ठुलो भुभाग बर्षौदेखि बाढी र डुवानको चपेटामा पर्दै आएकोले बाढी पिडितलाई क्षतिपूर्ति दिनका लागि थप बजेट आवश्यक रहेकोले संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *