२२ मंसिर २०८२, आईतवार

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

समाचारदाता
नेपालगन्ज, असार १४ । जननेता स्वर्गिय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जका दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो ।
मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालको अगुवाइमा नेकपा एमाले बाँकेको पार्टी कार्यालय परिसरमा तथा नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष भिम रानाभाटको अगुवाइमा एकीकृत भंसार जाँचचौकी परिसरमा बृक्षारोपण गरिएको हो ।


पार्टी कार्यालय परिसरमा गरिएको बृक्षारोपणमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल, केन्द्रीय सदस्य मोहमद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा , पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेको मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालले बताउनुभयो ।
त्यस्तै नेपाल उद्योग तथा ब्यवसायी महासंघको अगुवाइमा एकीकृत भंसार जाँचचौकी परिसरमा गरिएको बृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, पार्टी नेता तथा महासंघका केन्द्रीय सदस्य भाष्कर काफ्ले, प्रदेश सहसचिव सरोज चौधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, स्थानीय विभाग प्रमुख मीन मल्ल लगायतको सहभागीता रहेको महासंघ बाँकेका अध्यक्ष रानाभाटले बताउनुभयो ।


द्युबै स्थानमा गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्यहरुले नेपालको कमनिष्ट आन्दोलनमा स्वर्गिय मदन भण्डारीको देन र उहाँको बिचारका सम्बन्धमा आआफ्नो धारणा राख्नुभयो ।
नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले नेपालगन्ज लगायत कोहलपुर र खजुरामा पनि स्वर्गिय जननेता भण्डारीको स्मरणमा कार्यक्रमहरु गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *