२३ मंसिर २०८२, सोमबार

नेपालगन्ज उपमहानगरपालिकाद्धारा पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाद्धारा  पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवाको आवधिक समिक्षा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, साउन १५ । भेरी वातावरणीय बिशिष्टिता समुह बि ग्रुपद्धारा ए.एफ.डि. र एम.डि.एम. फ्रान्सको सहयोगमा बाँकेमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरूकालागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन निर्देशिका तयार गरी राजपत्रमा प्रकाशन गरेको छ ।
यो कदम नेपालका अन्य पालिकाहरूकालागि पनि सराहनीय उदाहरण बन्न सक्ने सम्बन्धित सरोकारवालाले जनाएका छन् ।
सो नीति मार्गदर्शन कार्यान्वयनको लागि पालिका तथा वडास्तरीय समिति गठन गर्न बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ ।
विशेषगरी नेपालगन्ज उपमहानगरपालिकाद्धारा राजपत्रमा प्रकाशित स्वास्थ्य सम्बन्धि सो नीति मार्गदर्शनले अन्य पालिकाहरूलाई पनि सरसफाईकर्मी र किसानको सुरक्षाको दिशामा ठोस कदम चाल्न प्रेरणा दिने बिग्रुपले जनाएको छ ।

यसैविच पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवाको आवधिक समिक्षा बैठक नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा परियोजनाका उपलब्धिहरू र आगामी सुधारका रणनीतिहरूमा विशेष छलफल गरिएको थियो ।
समिक्षा बैठकमा सहभागि अधिकांश सरोकारवालाहरुले छलफलका क्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान भइरहेको पेशागत स्वास्थ्य परामर्श सेवा अत्यन्तै उपयोगी र प्रभावकारी भईरहेको प्रतिक्रिया दिनुभयो ।


सोही अवसरमा स्वास्थ्य जाँच मात्र नभई कर्मचारीको काम गर्ने शैली, जोखिमको प्रकृति र वातावरणको वैज्ञानिक मूल्याङ्कन गर्नु अत्यावश्यक रहेकोमा सहभागिहरु सहमत देखिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
सो बैठकमा स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठ, नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाका जागेश्वर बस्नेत, खजुरा स्वास्थ्य शाखाका शमसुद्दिन खाँ र डुडुवा स्वास्थ्य शाखाका सिताराम चौधरी लगायतले सरसफाईकर्मी र कृषकलाई नियमित पेशागत स्वास्थ्य परामर्श सेवा, स्वास्थ्य परीक्षण, तथा चेतना अभिवृद्धि कार्यक्रमहरू दिइँदै आएकोले स्वास्थ्य जोखिम कम हुँदै जाने संभावना देखिएको बताउनुभयो ।
बैठकमा एम डी एम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवा अन्तर्गत गरिएका कामको सही समिक्षा गरेर देखिएका कमीकमजोरी सच्याउँदै जानुपर्ने बताउनुभयो ।


परियोजनाका स्वास्थ्य क्रियाक्लाप अधिकृत रुपक न्यौपानेले बैठकमा पेशागत परामर्श सेवाका क्रममा आएका प्रारम्भिक स्वास्थ्य समस्याका बारेमा तथ्यांकगत प्रस्तुतीकरण गर्नुभएको थियो ।
परियोजनामार्फत नेपालगन्ज उपमहानगरपालिकाको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं. ४, मनिकापुर स्वास्थ्य चौकी वडा नं. २०, डुडुवा गाउँपालिका हिरमिनिया स्वास्थ्य चौकी, वडा नं. ६ र खजुरा गाउँपालिकाको सीतापुर स्वास्थ्य चौकी, वडा नं. २ बाट पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवा सरसफाईकर्मी र कृषकहरुलाई प्रदान गरिंदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *