२३ मंसिर २०८२, सोमबार

सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

सिराज खान
नेपालगन्ज, साउन २० गते । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरुको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्ने नीति मार्गदर्शन निर्माण गरेर राजपत्रमा प्रकाशित गरि लागु गरेको छ ।
उपमहानगरपालिकाले गैर सरकारी संस्था बि ग्रुपसंगको सहकार्यमा निर्माण गरेको ‘सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्ग दर्शन २०८१’ को बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन नेपालगन्जमा एक परिचयात्मक कार्यशालाको आयोजना गरियो ।
सो कार्यशालामा बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामहरी शर्माले सरसफाईकर्मीका लागि निर्माण गरिएको नितिका बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने नेपालगन्जको स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले निति मार्गदर्शनमा उल्लेख गरिएका व्यवस्थाका बारेमा जानकारी गराउनु भयो ।
उहाँहरुले नेपालगन्ज उपमहानगरपालिकामा ४५० सरसफाईकर्मी रहेको जनाउँदै उनिहरुको स्वास्थ्य सुरक्षा र पेशागत सुरक्षामा यो नितिले निकै राम्रो प्रभाव पार्ने बताउनुभयो ।


कार्यक्रमको अध्यक्षता गर्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दीन राईले नेपालगन्जको फोहोर व्यवस्थापन सोचे जस्तो गर्न नसकिएको स्विकार्दै सरसफाईकर्मीका लागि ऐतिहासिक निति मार्गदर्शन तयार गर्न सफल भएको बताउनुभयो ।
उहाँले देशमै पहिलो पटक यस्तो निति बनाउने कार्य आफुहरुले गरेको जनाउँदै सो कार्यमा सहकार्य गर्ने बिग्रुप, ए.एफ.डी. र एम.डी.एम फ्रान्सलाई धन्यवाद दिनुभयो । नागरिक सचेत र जिम्मेवार नबनेसम्म सरसफाईमा राम्रो काम गर्न नसकिने प्रष्ट भइसकेको उहाँले बताउनुभयो ।
एम.डी.एम फ्रान्सका कन्ट्री डाईरेक्टर निर्मल ढकालले नेपालमै यस्तो नीति बनाउने यो पहिलो प्रयास भएको जनाउँदै यसले अन्य पालिकाहरुमा पनि यस्ता नीति बनाउने वातावरण तयार गर्ने बताउनुभयो ।


उहाँले यसको कार्यान्वयन महत्वपूर्ण भएकोले सम्बन्धित सबै सो सम्बन्धमा सचेत हुनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, बि ग्रुपका अध्यक्ष डा. ईन्द्र बहादुर भण्डारी, कान्ति आरोग्य अस्पतालका सञ्चालक डा. रोमा बोरा, उपभोक्ता हकहित अधिकार मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, स्वास्थ कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्का, वाल्मीकि समाजका केन्द्रीय अध्यक्ष जगदिश बाल्मिकी, अभियन्ता डा बिनोद कर्ण, नागरिक समाजका अगुवाहरु प्रभातसिंह ठकुरी, सरिता ज्ञवाली र ओबिराज आचार्य लगायतले सरसफाईकर्मीका लागि निर्माण गरिएको निति र मार्गदर्शनको प्रशंसा थर्दै कार्यान्वयनमा जोड दिनुभयो ।


सो अवसरमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
नेपालगन्ज उपमहानरपालिकामा स्वास्थ्यजन्य फोहोर र अन्य फोहोर संकलनमा खटिएका स्वास्थ्यकर्मीहरुको पेशागत अवस्था दयनीय रहेको र उनिहरुको सुरक्षाको कुनैपनि व्यवस्था नभएको देखेर ए.एफ.डी. एवं एम.डी.एम फ्रान्सको सहयोगमा बि ग्रुपद्धारा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सहकार्यमा सो नीति मार्गदर्शन तयार पारिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *