२ माघ २०८२, बिहीबार

बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

समाचारदाता
नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।


सुरक्षा परियोजनाका कार्यक्रम संयोजक इश्वर बिकले कार्यक्रममा सहजीकरण गर्दै बालबालिकाको मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणका आधारहरू, सबैलाई समेट्ने समावेशी सिकाइ वातावरण निर्माणका आवश्यकता तथा मानव बेचबिखनका जोखिम र रोकथामका उपायहरूबारे विस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभयो ।


उहाँले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समुचित विकास सुनिश्चित गर्न सक्नेमा जोड दिनुभयो भने कार्यक्रमको सञ्चालन क्लबका फिल्ड सुपरभाइजर सावित्रा भाटले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले बिद्यालयलाई अझै बालमैत्री, सुरक्षित र समाबेशी बनाउनको लागि निरन्तर प्रयासरत रहेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *