२ माघ २०८२, बिहीबार

राजापुर नगरपालिकामा सञ्चालित दुई परियोजनाको संयुक्त अनुगमन भ्रमण सम्पन्न

राजापुर नगरपालिकामा सञ्चालित दुई परियोजनाको संयुक्त अनुगमन भ्रमण सम्पन्न

समाचारदाता
नेपालगन्ज, भदौ २२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो ।
सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।


उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्षाकोठा मर्मत तथा नयाँ शौचालय निर्माणको अवलोकन, विद्यालय व्यवस्थापन समिति÷अभिभावक शिक्षक संघसँग छलफलका साथै अभिभावक समूहसँग मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
राजापुर नगरपालिका–७ भालुफाटामा भएको भ्रमणमा अभिभावकहरूले परियोजनाले मानव बेचबिखनसम्बन्धी सचेतना प्रभावकारी रूपमा बढाएको जनाउनुका साथै बालविवाह र लागुऔषध दुरुपयोग रोकथाममा नगरपालिकाको पहल अपरिहार्य भएकोमा जोड दिएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले मानव बेचबिखन नियन्त्रणका लागि नगरपालिका प्रतिबद्ध रहेको दोहोर्याउँदै बालबालिका, युवा र महिलाको सुरक्षा, शिक्षा तथा समग्र विकासलाई बिशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।
नगरपालिकाले विद्यालयहरूमा प्रेरणादायी सत्रहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले दुवै परियोजना प्रभावकारी र नगरपालिकाको लक्ष्यसँग मेल खाने भएकाले थप सशक्त नतिजाकालागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।


सो अनुगमन भ्रमणमा नगर प्रमुख थारू, उपप्रमुख मनकला कुमारी चौधरी, कृषि शाखा प्रमुख तुलाराम थारू वडा नं. ६, ७, ८ र १० का वडा अध्यक्षहरू, उद्यम विकास इकाइ संयोजक पूर्णबहादुर ओली, रोजगारी शाखा प्रमुख रमेश पोखरेल तथा राजापुर नगरपालिकाका स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबकोतर्फबाट कार्यकारी निर्देशक तुलाधर, उपनिर्देशक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम संयोजक ईश्वर बीके, कार्यक्रम अधिकृत राधे कृष्ण थारू तथा फिल्ड सुपरभाइजर संजिता रिजाल र प्रमिशा थारूको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *