समाज

बर्दियाको ठाकुरबाबामा बालविवाह न्यूनीकरणका लागि धार्मिक अगुवाको बैठक

बर्दियाको ठाकुरबाबामा बालविवाह न्यूनीकरणका लागि धार्मिक अगुवाको बैठक

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता बर्दिया, असोज २९ । बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकामा धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँगको बैठक तथा छलफल सम्पन्न भएको छ । सो बैठकमा बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि समुदायस्तरमा प्रभावकारी अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । छलफलका क्रममा अधिकांश धार्मिक तथा सामुदायिक अगुवाहरूले बालविवाह एक हानिकारक सामाजिक अभ्यास भएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न नकारात्मक सामाजिक मूल्य, मान्यता, परम्परा तथा व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । धार्मिक सञ्जालका अगुवाहरूले कानुनी विवाहयोग्य उमेर पूरा नगरेका बालबालिकाको विवाहमा पुरोहितका रूपमा धार्मिक विधि तथा संस्कार सम...
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया कार्यक्रम

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता राजापुर, बर्दिया असोज १६ । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना, साथै सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा सो अन्तरक्रिया आयोजना गरिएको हो । राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अध...
गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।...
मधुवनमा समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणकालागि तीन दिने प्रशिक्षण

मधुवनमा समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणकालागि तीन दिने प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा “समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण” विषयक तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो । प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो । गम्भीर बाल स...
बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ । पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो । बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो ...
२५ वर्षे विकास यात्राको संघर्ष ः मानवता र सामाजिक रूपान्तरण मुख्य एजेण्डा

२५ वर्षे विकास यात्राको संघर्ष ः मानवता र सामाजिक रूपान्तरण मुख्य एजेण्डा

ताजा-अपडेट, विविध, समाज
अधिवक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो। स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन, तर त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा अर्थपूर्ण योगदान गर्ने र सामाजिक रूपान्तरण को यात्रामा समर्पित हुने गहिरो आह्वान थियो। पूर्वका झापा–मोरङका हरिया फाँटहरूबाट सुरु भएको मेरो पेशागत विकास यात्रा आज २५ वर्षको लामो अनुभव बोकेर यहाँसम्म आइपुगेको छ। यो केवल भौगोलिक दूरी पार गर्ने यात्रा मात्र थिएन, यो त संघर्ष, अनुभूति र आत्म–खोजको यात्रा पनि थियो। बागमती, लुम्बिनी, गण्डकी, मधेश, कोशी, कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रहरूमा पुग्दा मैले केवल स्थानहरू परिवर्तन गरिनँ, हरेक ठाउँ र हरेक भेटघाटले मेरो सोचलाई फराकिलो बनायो, संवेदनशीलता गहिरो बनायो र जिम्मेवारीबोध अझ बलियो बन...
सबै मतदाताले मनपराएका उम्मेदवार ः जहाँगिर मुसलमान

सबै मतदाताले मनपराएका उम्मेदवार ः जहाँगिर मुसलमान

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
नेपालगन्ज उद्योग वाणिज्य संघमा जहाँगिर मुसलमानको जित सुनिश्चित समाचारदाता नेपालगन्ज, भदौ ४ गते । यही भदौ ६ गते शनिवार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा चिरञ्जीवी ओली नेतृत्वको साझा संयुक्त प्यानलबाट सदस्य पदमा नेपालगन्जका प्रसिद्ध व्यवसायी जहाँगिर मुसलमान चुनावी मैदानमा हुनुहुन्छ । गत ३० वर्षदेखि विश्वकै टप ब्रान्ड एलजीका विभिन्न सामानको बिक्रेता रहनु भएका मुसलमानले व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवद्र्धन र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताउनुभयो । व्यवसायीका समस्या, पिडा र दुखलाई राम्ररी नजिकबाटै अनुभव गर्नु भएका जहाँगिरका व्यवसायीक प्रतिष्ठानहरुमा न्युरोडको एलजी शोरुम, घरबारी टोलको शहनाज एण्ड एलजी शोरुम र सुर्खेतरोडमा रहेको नेशनल मल्टिकेयर हस्पिटल हुन् । उहाँ एलजीका दुईवटा शोरुमका सञ्चालक हुनुहुन्छ भने भेरी अस्पतालमा कार्यर...
बर्दियाका सात स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा परिचयात्मक बैठक

बर्दियाका सात स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा परिचयात्मक बैठक

ताजा-अपडेट, मुख्य समाचार, समाज
समाचारदाता बर्दिया, भदौ ३ गते । बालविवाह न्यूनीकरण, बाल संरक्षण र समावेशी समाज निर्माणका लागि बर्दियाका सातवटा स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन् । सेफ फ्युचर परियोजनाअन्तर्गत प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको संयुक्त साझेदारीमा सो कार्यक्रम सम्पन्न गरिएको हो । बर्दियाको गुलरिया, मधुवन, राजापुर, बारबर्दिया र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा सञ्चालन गरिएका यी बैठकहरूमा स्थानीय सरकारका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, सरकारी निकाय, समुदाय तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाका उद्देश्य, प्राथमिकता र अपेक्षित परिणामका साथै एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथ्याङ्कको अद्यावधिक, तथ्याङ्कमा आधारित योजना निर्माण र प्रभावक...
नेपालगन्जका युवाको वर्तमान अवस्था र भविष्यको संभावना विषयमा वक्तृत्वकला प्रतियोगिता 

नेपालगन्जका युवाको वर्तमान अवस्था र भविष्यको संभावना विषयमा वक्तृत्वकला प्रतियोगिता 

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन २७ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरस्तरीय युवा क्लब सञ्जालले नेपालगन्जमा युवाहरुको वर्तमान अवस्था र भविष्यको संभावना बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्जका सामुदायिक र निजि विद्यालयका बिद्यार्थिहरुको सहभागिता रहेको सो प्रतियोगितामा मोडर्न उच्च माविका सगुन तिवारी प्रथम, महेन्द्र उच्च माविका विनिशा शाही द्धितिय, सोही बिद्यालयका मेहताब अलि तृतिय र टंक प्रसादले चौथो स्थान प्राप्त गरेर पुरस्कार जित्नुभयो । विजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले युवा भविष्यको मात्र कर्णधार नभई वर्तमानको पनि कर्णधार हुन् भन्ने कुरा पछिल्ला घट्नाक्रमले प्रमाणित गरेको बताउनुभयो । उहाँले युवालाई विभिन्न कुलतबाट जोगाउँदै एक सक्षम नागरिक बनाउनतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दि...
बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक, प्राविधिक सल्लाहकार तथा परियोजना टोलीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले परियोजनाको समग्र प्रगतिको समीक्षा गर्दै रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सशक्त भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो । समीक्षा बैठकले परियोजनाले हासिल गरेका प्रमुख उपलब्धिहरू, कार्यान्वयनको प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहर...