२३ मंसिर २०८२, सोमबार

इस्लामी संघद्धारा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल सदुपयोग अभियान

इस्लामी संघद्धारा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल सदुपयोग अभियान

समाचारदाता
नेपालगन्ज, कात्तिक २५ गते । इस्लामी संघ नेपालले हाल देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगकालागि प्रेरित गर्ने जागरण अभियान सञ्चालन गरेको छ ।
सोही क्रममा संघले बाँकेमा पनि उक्त ६ दिने अभियान सञ्चालन गरेर मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगमा जोड दिंदै दुरुपयोगबाट जोगिन विद्यार्थि र युवालाई बिशेष अनुरोध गरेको छ ।
सो अभियान बारे जानकारी दिन नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष उवेदुर रहमान खानले बताउनुभयो ।


उहाँले सोही कारणले अभियाननै चलाउनु पर्ने आबश्यकता महसुस गरेर जागरण अभियान थालिएको बताउनुभयो ।
सो अवसरमा बाँके र बर्दियामा आयोजना गरिने अभियानको कार्यक्रमहरुको कार्यतालिका पनि सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनबाट अभियानको शुभारम्भ गरिएको जनाउँदै संघले पहिलो कार्यक्रम नेपालगन्जको जैसपुरमा राखिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा सहजी करण गर्दै संघका लुम्बिनी प्रदेश सचिव बद्रे आलम खानले विद्यालय, मदरसा र मस्जिदलाई केन्द्रित गरी अभियान चलाइएको बताउनुभयो ।
उहाँले अहिलेको युग बैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र समाजिक सञ्जाल निःसन्देह ठूलो बरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो ।


पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले पत्रकार महासंघले कहिले पनि सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउने कुराको समर्थन नगरेको जनाउँदै तर सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन पनि सचेत र सतर्क रहनुपर्नेमा जोड दिंदै आएको बताउनुभयो ।
संघले यसअघि पनि धेरै सामाजिक बिकृतिहरु विरुद्ध अभियान चलाएर बिशेषगरि युवा पुस्तालाई सही मार्गमा डोर्याउने कार्य गरेको सो अवसरमा जानकारी गराईएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *