११ पुष २०८२, शुक्रबार

टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

समाचारदाता
नेपालगन्ज, पुस ६ । बाँकेका सरसफाइकर्मी र किसानहरुमा टिटानसको जोखिम न्युनिकरण गर्न लगाउँदै आएको टी डी खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त योजना तथा समिक्षा बैठक सम्पन्न गरिएको हो ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २, ११ र २०, डुडुवा गाउँपालिकाको वडा नम्बर ६ र ३ तथा खजुरा गाउँपालिकाको वडा नम्बर २ मा रहेका स्वास्थ्य संस्थाबाट हालसम्म पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणमा टी.डी. खोप लगाएका सरसफाईकर्मी र कृषकहरुको तथ्यांक प्रस्तुत गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।


उहाँका अनुसार परियोजनाले चौथो डोजको टी.डी. खोप र त्यसकालागि आवश्यक सामाग्री खरिद गरि स्वास्थ्य कार्यालयमा भण्डारण गर्ने दुई पक्षिय सम्झौता भइसकेकोले चौथो डोजको समय पुग्दा स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थाहरुलाई खोप वितरण गर्ने निर्णय बैठकमा भएको थियो ।
ती स्वास्थ्य संस्थाहरुले स्वास्थ्य शाखाको समन्वयमा टी डी खोपको उक्त डोज लगाउनेछन् ।
बैठकमा एम डी एम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले पाँचौ डोजका लागि पनि व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।


पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाका अनुसार टी।डी खोपको पहिलो डोज एक हजार २९१, दोस्रो डोज एक हजार २६० र तेस्रो डोज एक हजार १७ जना किसानहरुलाई लगाईएको छ ।
सोही प्रकारले उक्त खोपको पहिलो डोज ४२०, दोस्रो डोज ३२९, तेस्रो डोज २८२, चौथो डोज २६० र पाँचौ डोज २३७ जना सरसफाईकर्मीलाई लगाईएको जनाईएको छ ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका स्वास्थ्य संस्था तथा स्वास्थ्य महाशाखा र शाखाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *