समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएका नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले निकै चर्चामा हुनुहन्छ । सरल स्वभाव अनि मिलनसार वानीका धनि राईले पुर्वमन्त्री मोहम्मद ईशितयाक राईकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनु भएकोले उहाँ चर्चाको शिखरमा हुनुहन्छ । नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उहाँले कहिलैै घमण्ड गर्नुभएन। ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने ।
गरिव, निमुखाको अधिकार र सेवामा खटिने उहाँ समाजसेवा गर्न रुचाउँने नेता हुनुहन्छ । सामाजिक क्षेत्रमा लगाव भएका उनी १९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिनुभयो, तर उहाँले पद र शक्तिलाई कहिल्यै चासो दिनुभएन ।

जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नं २ को मुहार फेर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनु भएको छ । जनता समाजवादी पार्टी नेपालको बाँके जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालीसकेका उहाँ जसपाको केन्द्रिय सचिव हुनुहन्छ। जसपा नेपालको जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभा चुनावमा पार्टीका उम्मेदवारले जितेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । कमरुद्दिन नेपालगन्जमा मात्रै नभई समग्र बाँके जिल्लामा एउटा परिचित नाम हो । युवाहरुको रोजाईमा पर्न सफल र युवाहरुका लागि भविष्यको सम्भावना बोकेका नेता हुनुहन्छ,’ नेपालगन्ज उपमहानगरपालिका ७ का एक मतदाताले भने । जनता समाजबादी पार्टी नेपाल भित्रको उदाउँदो नेताका रुपमा परिचित उहाँ केवल नामका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा चिनिनिुहुन्छ।

झण्डै अढाई दशक बढि लामो राजनीतिक यात्राको संघर्ष पछि उहाँले बाँके क्षेत्र नं २ बाट संसदिय निर्वाचनमा प्रतिस्पर्धा गर्दैहुनुहन्छ । ‘बाँके क्षेत्र नं २ को समग्र विकासका लागि उपमेयरको पद त्यागेर संसदिय निर्वाचनमा होमिएको छु,’ उहाँले भन्नुभयो । नेपालगन्जको बिकास र सेवामा प्रत्यक्ष जोडिएका राई मुस्लिम समुदाय मात्र नभई समग्र बाँके जिल्ला भित्र रहेका सम्पूर्ण समुदायको चेतना स्तर उठाउन भूमिका खेल्ने उम्मेदवार हुन् । उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । राज्यद्वारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै राजनीतिक जिवनको लक्ष हो,’ उनले भने, ‘समाजसेवा र राजनीति बुझेको दिनदेखि जस्तो सुकै अवस्था आए पनि कहिलै डगमगाउँदैन ।’
कोभिड १९ ले नेपालगन्ज थलिएको बेला उनि दिनरात नभनी जनताको काममा खटिएका थिए । उनी जनताका काममा खटिएकै कारण जनताको प्रिय बनेका छन् ।
