समाचारदाता
नेपालगन्ज, १२ माघ । बाँके, क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ को चुनावी सम्पर्क कार्यालयको सोमवार साँझ क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले उदघाटन गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर २ को उम्मेदवार रहनु भएका विष्टले सो सम्पर्क कार्यालयको उदघाटन गर्दै बाँके २ मा अधिकांश युवाहरु आफ्नो पक्षमा देखिएको जनाउँदै अन्य सबैको पनि सहयोग र समर्थन दिनदिनै बढ्दै गएको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आफुले कुनै पनि कसर बाँकी नराख्ने प्रष्ट पार्दै यस पटक सबैको सहयोग र समर्थनबाट संसदमा पुग्ने आशा र संभावना प्रवल देखिएको बताउनुभयो ।

सो उद्घाटन कार्यक्रममा उपस्थित प्रत्यक्षका उम्मेदवार विष्ट, समानुपातिक उम्मेदवारद्वय काली मिया कस्मिरा खातुन र जामिया खातुनलाई कल्पना शर्माले खादा लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा नेपाली कम्युनिष्ट पार्टीका सचिव डिल्ली बरालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडावासी लगायत पार्टीका नेता कार्यकर्ता र जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो । सहभागि अधिकांशले विष्टको दावेदारी निकै बलियो देखिएको जनाउँदै समर्थन अझै बेद्धि हुँदै जाने बताएका थिए ।
