४ फाल्गुन २०८२, सोमबार

बाँके २ का उम्मेदवार विष्ट विहानदेखि रातीसम्म जनताका समस्या सुन्नमै व्यस्त

बाँके २ का उम्मेदवार विष्ट विहानदेखि रातीसम्म जनताका समस्या सुन्नमै व्यस्त

समाचारदाता
नेपालगन्ज, माघ १५ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको चुनावी यात्रा केवल मत माग्ने कार्यक्रममा सीमित छैन। जनताको दैनिकी र भविष्यसँग गाँसिएका स्थानमा पुगेर सुन्ने, बुझ्ने र प्रतिवद्धता जनाउने उहाँको शैलीले फरक राजनीतिक अभ्यासको संकेत दिएको छ ।


नेपालगन्ज बाइपास रोडमा घरदैलो अभियान सकेपछि उम्मेदवार बिष्ट वडा नं ४ अन्तर्गत निर्माणाधीन जेष्ठ नागरिक भवनको अवलोकनमा पुग्नुभयो। उक्त अवलोकन वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनले गराउनुभएको थियो। निर्माण कार्यको प्रगति हेर्दै बिष्टले जेष्ठ नागरिकको सम्मानजनक जीवनका लागि यस्ता संरचना अत्यावश्यक रहेको धारणा राख्नुभयो। “जेष्ठ नागरिक समाजको अनुभव र इतिहास हुन्,” भन्दै बिष्टले उनीहरूका लागि सुरक्षित आवास, स्वास्थ्य सेवा र सामाजिक सम्मान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट र नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यसक्रममा उम्मेदवार बिष्टले उद्यमी, व्यापारी र सर्वसाधारणसँग पनि भेटघाट गर्नुभयो। भेटमा रोजगारी, व्यापारिक वातावरण, सडक व्यवस्थापन र आधारभूत सेवाका विषयमा स्थानीयले आफ्ना गुनासा र सुझाव राख्नु भएको थियो । बिष्टले ती आवाज ध्यानपूर्वक सुन्दै विकास जनताको आवश्यकताबाट सुरु हुनुपर्ने स्पष्ट पार्नुभयो।स्थानीयवासीहरूले उम्मेदवार बिष्टको सजिलो पहुँच, संवेदनशील व्यवहार र विषयवस्तुमा केन्द्रित संवादले मन छोएको प्रतिक्रिया दिएका छन्। धेरैले चुनावी बेला मात्र होइन, निरन्तर उपस्थित रहने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।


घरदैलोदेखि जेष्ठ नागरिक भवनको अवलोकनसम्मको यो यात्रा दिपेन्द्र बिष्टको चुनावी अभियानभन्दा माथि उठेर समाजसँग जोडिएको राजनीतिक दृष्टिकोणको उदाहरण बनेको छ। बाँके क्षेत्र नं २ मा देखिएको यो सक्रियता जनताले खोजिरहेको सुन्ने र साथ दिने नेतृत्वको संकेतका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *