२३ माघ २०८२, बिहीबार

बाँके २ मा नेकपाको प्रचार प्रसार सचिवालय स्थापना ः दिपेन्द्र विष्टको प्रचार प्रसार अभियान तिव्र

बाँके २ मा नेकपाको प्रचार प्रसार सचिवालय स्थापना ः दिपेन्द्र विष्टको प्रचार प्रसार अभियान तिव्र

बाँकेका सहीद जेनजीको रगत खेर जान दिने छैन ः विष्ट
समाचारदाता
नेपालगन्ज, माघ २२ । बाँके क्षेत्र नम्बर २ का सबै ठुला साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले मतदाता भेटघाट र जनसम्पर्कलाई तिव्र पार्दै गएका छन । सो क्रममा उनिहरुले ठाउँ ठाउँमा जनसम्पर्क तथा प्रचार प्रसार कार्यालय स्थापनासंगै प्रचार प्रसारको क्षेत्रीय स्तरको सचिवालयसमेत स्थापना गरिरहेका छन् ।
क्षेत्रीयस्तरको प्रचार प्रसार सचिवालय स्थापना गर्ने क्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि बाँके २ को प्रचार प्रसार सचिवालय नेपालगन्जस्थित त्रिभुवन चोक पश्चिम लाइनमा स्थापना गरेर प्रचार प्रसारलाई तिव्र र व्यवस्थित बनाएको छ । प्रचार प्रसार सचिवालयको एक समारोहका विच नेकपाका केन्द्रिय सदस्य पूर्णा कुमारी सुवेदी र बाँके क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले संयुक्त रुपमा उदघाटन गर्नु भएको छ ।


सो अवसरमा बोल्दै केन्द्रिय सदस्य सुवेदीले नेपालको राजनितीमा सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको नेकपाले यस पटक निर्वाचनमा ठुलो सफलता हात पार्ने जनाउँदै जनताको विश्वास र भरोसाको केन्द्र पनि बन्दै गएको बताउनुभयो । उहाँले नेकपाप्रति देशव्यापी रुपमा जनाको समर्थन उत्साहजनक देखिएको जनाउँदै पार्टी प्रवेश पनि अत्यधिक भइरहेको बताउनुभयो ।
बाँके २ का उम्मेदवार विष्टले जनताले हालसम्म यहाँबाट जितेका सबै नेताको बारेमा राम्ररी अध्ययन गरेको जनाउँदै यस पटक उनिहरु मत बदल्ने र नेकपालाई समर्थन गर्ने मुडमा देखिएको पाईएको बताउनुभयो ।


उहाँले नेपाली काँग्रेसका मेयरले तीन वर्षसम्म के के काम गरे र निवर्तमान सांसद तथा पुर्व सांसदले पनि के कति काम गरेर त्यसबाट उनिहरुले कति व्यक्तिगत लाभ लिए त्यसको पनि लेखाजोखा गर्ने बेला आएको बताउनुभयो । उम्मेदवार विष्टले आफु नेता नभइ जनताको सेवक र जेनजी आन्दोलनको प्रतिनिधि भएको जनाउँदै बाँके क्षेत्र नम्बर २ मा भएका दुई जेनजी सहीदको रगत खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सो अवसरमा नेपालगन्ज वडा नम्बर ११ र ३ का वडा अध्यक्षहरु नन्द किशोर कश्यप र मो अयुब सिद्दिकीले यस पटक जनताले नेकपाको पक्षमा समर्थन र सहयोग गर्ने मन बनाइसकेको दावी गर्नुभयो ।
कार्यक्रममा धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरी, समानुपातिकका उम्मेदवारहरु जामिया खातुन र कश्मिरा खातुनले पनि देश र जनताका लागि प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।


प्रचार प्रसार सचिवालय स्थापना गर्ने क्रममा नेपाली काँग्रेसले यस अघिनै त्रिभुवन चोक पश्चिम लाइनमै र राप्रपाले त्रिभुवन चोक पुर्व लाइनमा सचिवालय स्थापना गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *