२५ माघ २०८२, शनिबार

बाँके २ मा नेकपा उम्मेदवार दिपेन्द्र बिष्टप्रति बढ्दो आकर्षण, ठाउँ ठाउँमा भव्य स्वागत

बाँके २ मा नेकपा उम्मेदवार दिपेन्द्र बिष्टप्रति बढ्दो आकर्षण, ठाउँ ठाउँमा भव्य स्वागत

नेपालगन्ज वडा नम्बर ३ मा जनसम्पर्क कार्यालय उदघाटन
समाचारदाता
नेपालगन्ज, माघ २४ । बाँके क्षेत्र नं २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा निर्वाचन सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ। स्थानीयको उल्लेखनीय सहभागिताबीच सम्पन्न उद्घाटन कार्यक्रमले शनिवार चुनावी वातावरणलाई थप उत्साहित बनाएको छ।


सम्पर्क कार्यालयको उद्घाटनसँगै उम्मेदवार बिष्टले जनतासँग नजिक भएर राजनीति गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, “यो कार्यालय केवल प्रचारको केन्द्र होइन, जनताको आवाज सुन्ने साझा थलो हो। यहाँ उठेका हरेक समस्या मेरो जिम्मेवारी हुनेछ।” उहाँका यी शब्दले उपस्थित कार्यकर्ता र स्थानीय बासिन्दामा भरोसाको अनुभूति दिलाएको देखिन्थ्यो।उद्घाटन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अकल बहादुर बम, पार्टी नेता डिल्ली बराल, समानुपातिक उम्मेदवार काली मिया कस्मिरा, जामिरा खातुन लगायत थुप्रै नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। नेताहरूले युवा उम्मेदवार बिष्टको सक्रियता, जनतासँगको आत्मीय सम्बन्ध र कामप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यसपटक बाँके–२ मा परिवर्तन सम्भव रहेको धारणा राखेका थिए।


कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बमले युवाले नेतृत्व सम्हाल्ने समय आएको उल्लेख गर्दै दिपेन्द्र बिष्टजस्ता कर्मशील र जनमुखी उम्मेदवारलाई जनताले साथ दिनुपर्ने बताउनु भयो । नेता डिल्ली बरालले पनि “राजनीति भाषणभन्दा व्यवहारमा देखिनुपर्छ” भन्दै बिष्टको घरदैलो अभियान र जनसम्पर्कको शैलीलाई उदाहरणीय भएको टिप्पणी गर्नुभयो।समानुपातिक उम्मेदवार काली मिया कस्मिराले महिला, युवा र अल्पसंख्यक समुदायको आवाज संसदसम्म पुर्‍याउन यो अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँले जनताको विश्वास जित्ने काम नाराले होइन, निरन्तर संवाद र सेवाले हुने धारणा राख्नुभयो।


कार्यक्रमपछि स्थानीय बासिन्दाहरूले सम्पर्क कार्यालय खुलेसँगै अब आफ्ना समस्या राख्न सजिलो भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार बिष्टको अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई जनतासँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने दिशामा केन्द्रित देखिन्छ।नेपालगन्ज–३ मा खुलेको यो सम्पर्क कार्यालयले बाँके क्षेत्र नं २ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। जनतासँग प्रत्यक्ष संवाद, स्पष्ट एजेन्डा र युवा जोसका साथ अघि बढिरहेका उम्मेदवार दिपेन्द्र बिष्टप्रति बढ्दो आकर्षणले यसपटकको निर्वाचनमा नयाँ सम्भावनाको संकेत गरिरहेको स्थानीयको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *