२९ माघ २०८२, बुधबार

नेकपाका उम्मेदवार विष्टलाई नेपालगन्ज ७ मा जनताको घरदैलोमा भव्य स्वागत

नेकपाका उम्मेदवार विष्टलाई नेपालगन्ज ७ मा जनताको घरदैलोमा भव्य स्वागत

समाचारदाता
नेपालगन्ज, माघ २८ । बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले जनताको घरदैलोमा पुगेर चुनावी अभियान शुरु गर्दा जताततै जनताले भव्य स्वागत र सम्मानसहित समर्थन जनाइरहेको नेकपा बाँकेले जनाएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा बुधवार नेपालगन्ज ७ मा घरदैलो गर्न जानु भएका विष्टलाई जनताले आफ्नो घर आँगनमा भव्य स्वागत सममान गरेको स्वयं बिष्टले बताउनुभयो ।


समानुपातिक उम्मेदवारहरु कस्मिरा खातुन र जामिया खातुनसंगै अन्य नेताहरुको समेत सहभागिता रहेको सो घरदैलोमा सर्वसाधारणका घरमा पुग्दा अधिकांश स्थानीयले उम्मेदवारहरु विष्ट र खातुनद्धयलाई हार्दिक स्वागत गरेका थिए । उनिहरुले आफ्नो वडामा देखिएका समस्याहरु सुनाउँदै समाधान गर्ने उम्मेदवार खोजीरहेको जनाउँदै निर्वाचनमा समर्थन र सहयोग गर्ने अनुरोध गरेका थिए ।


सो अवसरमा जनताका समस्या र चाहना सुन्दै विष्टले आफुले सबैका सास्याहररु नोट गरेको र ती समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहरको विच भागमा पर्ने वडा नम्बर ७ अझैपनि विकासमा पछाडी परेको देखिएको जनाउँदै विकासलाई प्राथमिकतामा राखेर काम गर्ने स्थान्ीयलाई बताउनुभयो ।


घरदैलो कार्यक्रममा विष्टले स्थानीय समस्या, आवश्यकता र सुझावहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीयहरूसँगको भेटघाटमा उनले जनताको वास्तविक समस्यालाई बुझेर मात्र दिगो विकास सम्भव हुने बताए । घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा रोजगारी सिर्जना जस्ता विषयलाई मुख्य रुपमा उठाएको उम्मेदवार विष्टले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *