समाचारदाता
नेपालगन्ज, फागुन ३ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं २ का उम्मेदवार दिपेन्द्र विष्टले आईतबार एक कार्यक्रमका बिच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । भ्रष्टाचार मुक्त समाज, शुसासन, विकास र समृद्धिका लागि हाम्रो अभियान भन्ने मुल उदेश्य राखेर विष्टले विभन्न १४ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण, डुडुवाको डुबान समस्या समाधान, मल र बिउ समयमा उपलब्ध गराउने, भेरी अस्पताललाई सपुरस्पेशियलिटि, बागेश्वरी मन्दिरलाई स्मार्ट बागेश्वरी बनाउने, हज हाउस निर्माण प्रक्रिया शुरु गर्ने, नेपालगन्ज दिल्ली हवाई उडान, कैलाश मानसरावरको यात्रा र ई रिक्सा व्यवस्थापन लगायतका थुप्रै प्रतिवद्धताहरु समावेश गरिएको छ ।

सो प्रतिबद्धता पत्रमा भष्टचार मुक्त क्षेत्र शुन्य सहनशिलता, नेपालगञ्ज आईटी प्रविधि मैत्री सेवा र नवप्रवर्तन हव, पर्यटन र धार्मिक अर्थतन्त्र, मदरसा शिक्षाको आधुनिकिकरण गर्ने किुराहरुलाई पनि प्राथमिकताका साथ समेटिएको छ ।
यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, औधोगिक कृषि र ब्यापारिक हव, एकीकृत कृषि बजार र हब निर्माण, सिचाई र प्रविधिमा लगानी, कृषि पर्यटन र विशिष्टिकरण, धार्मिक सहिष्णुता सामाजिक शान्ति, आर्थक सबलिकरण एबं समावेशी प्रतिनिधित्व, लागू औषध नियन्त्रण गुरु योजना, विद्युत र पूर्वाधरका सुविधाहरु शिर्षकमा बुदागत प्रतिवद्धाहरु प्रस्तुत गरिएका छन् ।

सो अवसरमा कार्यक्रका प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य तथा संविधान सभाका पूर्व उपसभामुख पूर्णा सुवेदीले सार्वजनिक गरिएको प्रतिबद्धता पत्र अक्षरस पालना हुने बताईन । पार्टी केन्द्रीय सदस्य अकल बहादुर बमको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपालका नेता डा. डक्ट प्रसाद धितालले गरेका थिए ।
