समाचारदाता
नेपालगन्ज, फागुन ३ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदातासंग भेटघाट र उनिहरुको आशिर्वाद लिन भ्याइनभ्याइ छ। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले राइलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरिरहेका छन्। सोही क्रममा नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन्। उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै भोट दिन्छु। तपाईँलाई जितको शुभकामना र आशिर्वाद छ,” उनले भने।
कमरुद्दिन पुगेका स्थानमा स्थानीय नागरिकले भव्य स्वागत गर्ने गरेका छन्। उनले मतदातासंग आफु किन उम्मेदवार बनेको हो सो बारेमा बिस्तृत रुपमा बताइरहेका छन् । नेपालगञ्ज–१९ का रामकुमार तेलीले कमरुद्दिनसँग गला मिलाउँदै भने, “आफ्नो घरमा तपाईँलाई पाउँदा अत्यन्तै खुसी लागेको छ। तपाईँलाई जितको शुभकामना छ।”

मतदाताबाट प्राप्त माया, स्नेह र सौहार्दताले आफूलाई थप ऊर्जा र हौसला मिलेको कमरुद्दिनले बताएका छन्। उनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहो¥याउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन्। अहिले उनि नेपालगन्ज र डुडुवाका विभिन्न स्थानमा पालैपालो गरि भेटघाट तथा घरदैलोमा व्यस्त रहेका छन् ।
