५ फाल्गुन २०८२, मंगलवार

कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

समाचारदाता
नेपालगन्ज, फागुन ५ । फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाका कमरुद्दिन राईप्रति जनताको आकर्षण बढ्दै गएको जनाईएको छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको सम्बन्धित ठाउँका वासिन्दाको कथन छ ।


नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर मैदानमा उत्रिएकाले पनि कमरुद्दिनको चर्चा बढी छ । नेपालगन्ज उपमहानगर वडा नं १९ का स्थानीय नेता तथा समाजसेवीहरुका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति आम मतदाताको उत्साह बढेको छ । “हामीले धेरै वर्षदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमा देख्न चाहन्छौं,” स्थानीय अगुवाले बताए ।
उनका अनुसार कमरुद्दिन राई इमान्दार, जनतासँग नजिक रहने र आफ्ना वाचा पूरा गर्ने प्रतिबद्धता राख्ने नेता हुन् । त्यसैले पनि स्थानीय स्तरमा उनलाई सहयोग गर्न जनतामा एक प्रकारको सकारात्मक लहर देखिएको छ । बाँके क्षेत्र नं। २ मा विशेषगरी मधेशी तथा मुस्लिम समुदायको ठूलो उपस्थिति छ । यी समुदायका मुद्दा, अधिकार र पहिचानलाई राज्यका मूलधारमा स्थापित गर्न सक्ने नेतृत्व आवश्यक भएको स्थानीय बासिन्दाको भनाइ छ ।


कमरुद्दिन राईले विगतदेखि नै सामाजिक सद्भाव, समावेशिता र समान अधिकारका पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै स्थानीयले भने, “हाम्रो पहिचान र अधिकारको सवालमा अब सम्झौता होइन, सशक्त प्रतिनिधित्व चाहिन्छ ।” उनीहरुका अनुसार जसपा र कमरुद्दिन राईले यही आवाजलाई प्रतिनिधित्व गर्न सक्छन् ।


कमरुद्दिनले घर–घर पुगेर मतदाताका गुनासा सुन्ने, उनीहरुको दैनिकी बुझ्ने र आफ्ना योजनाबारे जानकारी दिने गर्दै आएका छन् । घरदैलोका क्रममा कमरुद्दिन राईले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार र सामाजिक न्यायजस्ता विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *