८ फाल्गुन २०८२, शुक्रबार

बाँके १ का नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सद्धारा १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

बाँके १ का नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सद्धारा १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

समाचारदाता
नेपालगन्ज, फागुन ८ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पान्डे जेम्स ले आफू निर्वाचित भए गर्ने योजनासहित १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । तीन पृष्ठ लामो प्रतिबद्धता पत्रमा उनले शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा सरसफाइ, स्थानीय कला–संस्कृति प्रवद्र्धन, व्यापार–व्यवसाय र बजार व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् ।


त्यस्तै गरिबी निवारण तथा रोजगारी सिर्जना, सूचना तथा सञ्चार प्रविधिको विकास, सामाजिक सुरक्षा सुदृढीकरण, कृषि तथा आधुनिक पशुपालन प्रवद्र्धन, सिंचाइ विस्तार, युवा तथा खेलकुद क्षेत्रको सशक्तीकरण, विद्युत आपूर्ति सुधार, उद्योग स्थापनामा सहजीकरण, सडक यातायात पूर्वाधार विकास र विपद् व्यवस्थापनलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएको उल्लेख गरेका छन् ।
उम्मेदवार पान्डेले बाँके क्षेत्र नं.१ को समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


उनले जनताको आधारभूत आवश्यकता पूरा गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने दाबी गरेका छन्। चुनावी अभियानका क्रममा उनले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *