११ फाल्गुन २०८२, सोमबार

बाँके–२ मा युवा उम्मेदवार दिपेन्द्र बिष्टको जलवा, जताततै परिवर्तनको लहर

बाँके–२ मा युवा उम्मेदवार दिपेन्द्र बिष्टको जलवा, जताततै परिवर्तनको लहर

समाचारदाता
नेपालगन्ज । बाँके क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पाटीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको पक्षको माहोल बिस्तारै लहरको रुप लिंदै गएको नेकपा बाँकेले जनाएको छ। नेपालगन्ज र डुडुवाको टोल–टोल र गाउँ गाउँमा भइरहेको घरदैलो अभियान, प्रत्यक्ष संवाद तथा जनतासँगको भेटघाटले चुनावी वातावरणलाई बिष्टतर्फ उन्मुख बनाएको स्थानीयले जनाएका छन् ।


नेपालगन्जदेखि डुडुवाका ग्रामीण बस्तीहरूमा किसानका खेतदेखि युवा जमघट र महिला समूहका छलफलसम्म, बिष्टको समर्थन केवल औपचारिक नभई बिश्वास गर्ने माध्यम बनेको सहभागीहरू बताउँछन्। “हामीलाई सुन्ने र हाम्रो बीचमा रहने नेतृत्व चाहिएको हो,” एक स्थानीयले भने, “त्यही कारण विष्टका लागि माहोल सकारात्मक देखिएको छ।”


विशेषगरी युवापुस्तामा देखिएको सक्रियता र महिलाहरूको सहभागिताले चुनावी रङलाई थप गाढा बनाएको उम्मेदवार विष्ट स्वयं बताउँछन्। उनले रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवा सुधारका विषयमा स्पष्ट धारणा जनता समक्ष राखेकोले जनताले आफूलाई मन पराएको बताए ।
स्थानीय बासिन्दाका अनुसार, विगतका अनुभवबाट सिकेर अब नीतिगत स्पष्टता र व्यवहारिक योजनासहितको प्रतिनिधित्व आवश्यक छ। यही अपेक्षाले धेरै मतदाता बिष्टप्रति आकर्षित भएको पाइन्छ। घरदैलोका क्रममा स्थानीयबाट देखिएको आत्मीयता, नम्र व्यवहार र समस्या सुनाउने शैलीले बिष्टप्रतिको जनविश्वासलाई थप मजबुत बनाएको छ।


जताततै परिवर्तनको हावा चलेको प्रष्ट अनुभव गर्न सकिने विष्टसंगै सधैं जनतासम्म पुग्ने गरेकी पत्रकार प्रमिला विश्वकर्माले बताइन् । उनले जतागएपनि जनताका समस्या धेरै रहेको अनुभूति भएको जनाउँदै कतिपय ठाउँमा त साना साना समस्या पनि समाधान नगरिएकोले जनतामा पुरानाप्रति निकै आक्रोश देखिएको बताइन् ।


राजनीतिक विश्लेषकहरूका अनुसार बाँके–२ मा अहिले देखिएको माहोल केवल प्रचारको प्रभाव होइन, प्रत्यक्ष संवाद र निरन्तर उपस्थितिको परिणाम हो। टोल–टोलमा उठिरहेको समर्थनले चुनावी प्रतिस्पर्धालाई झन कडा बनाएको छ। अहिले निर्वाचन प्रचार प्रसार अतिनै तिव्र गतिमा अगाडी बढेकोले हरेक उम्मेदवारलाई मतदातासमक्ष पुग्न भ्याइनभ्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *