समाचारदाता
नेपालगन्ज, फागुन १४ । जनता समाजवादी पार्टी नेपालका बाँके २ का उम्मेदवार तथा नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राइले पार्टीका केन्द्रिय अध्यक्ष मधेशीमा मसिहा उपेन्द्र यादवको नेपालगन्ज भ्रमणपछि जनताको समर्थन बृद्धि हुन गइ आफु जित नजिक पुगेको बताउनुभएको छ । उहाँले मेधश आन्दोलनका कमाण्डर नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नेपालगन्ज र डुडुवा पुगेर चुनावी सभामा सहभागि भइ विभिन्न मतदातासंग भेटघाट गरेर गएपछि जनता समाजवादी पार्टीको लहर फेरी फर्किएको र जताततै मधेशी समुदायमा समर्थन बढेको दावी गर्नुभयो ।

मधेश आन्दोलनमा सहीद हुने भूमिका रुपमा परिचित डुडुवाले उपेन्द्र यादवकै नेतृतवमा पुन एक पटक विश्वास व्यक्त गरेकोले यस पटक पुन यो क्षेत्रमा जसपा नेपालको जित हुने निश्चित देखिएको उम्ेदवार राईको भनाई थियो । उहाँले यादवको आमसभामा सहभागि सयौं महिला पुरुषले मधेशीको अधिकार अझैपनि प्राप्त नभएकोले जसपाको विकल्प नरहेको प्रतिक्रिया दिंदै आन्दोलनलाइृ अगाडी बढाउने प्रतिवद्धता जनाएको बताउनुभयो ।

सोही प्रकारले जसपा नेपालका केन्द्रिय सदस्य तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नेपालगन्ज र डुडुवामा जसपा फेरी एक पटक निकै बलियो हुँदै गएको जनाउँदै उपेन्द्र यादवको आगमनबाट नेता कार्यकर्तामात्र नभई जनतामा पनि नयाँ जोश र उत्साह थपिएको बताउनुभयो । सोही प्रकारको धारणा अर्का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्लेले पनि व्यक्त गर्नुभयो ।

उहाँले मधेश आन्दोलनका उपलब्धीको रक्षा गर्नका लागि फेरी पनि उपेन्द्र यादव, जसपा नेपाल र कमरुद्दीन राईको विकल्प नभएको दावी गर्नुभयो । केन्द्रिय अध्यक्षको भ्रमणपछि बाँके २ र ३ मा जसपा नेपालको अवस्था निकै सुदृढ भएको जनाउँदै यसले अन्य दल र उम्मेदवारको निद्रा हराम गरेको बताउनुभयो ।

उपेन्द्र यादवको आगमनपछि जसपा नेपालका उम्मेदवार राईले घरदैलो र जनसमपर्कलाई झनै तिव्र पार्नु भएको छ । उहाँले नेपालगन्ज १५ मा जनतामा अतिनै उत्साह देखिएको र सबैले आफुलाई समर्थनको वाचा गरेको सुनाउनुभयो ।
