२० फाल्गुन २०८२, बुधबार

कमरुद्दीन राईलाई समर्थन गर्दै तीनसय पचास भन्दा बढी जेनजी युवाहरु जसपा नेपालमा प्रवेश

कमरुद्दीन राईलाई समर्थन गर्दै तीनसय पचास भन्दा बढी जेनजी युवाहरु जसपा नेपालमा प्रवेश

समाचारदाता
नेपालगन्ज, फागुन १७ । विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकाृ सो पार्टीको नेपालगन्ज उपमहानगर कमिटिले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको जसपा नेपालका युवा नेता अब्दुल अजिज हलवाइले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएको उनले जनाए। जसपाका बुथ कमिटी अध्यक्ष हल्वाईको नेतृत्वमा आयोजित कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराए।कार्यक्रमलाई सम्बोधन गर्दै राईले पछिल्लो समय युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको दाबी गरे।

उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न कारणले अपेक्षित विकास गर्न नसकिएको उल्लेख गरे।
साथै, जेनजी आन्दोलनका कारण उपमहानगरपालिका थप क्षतिग्रस्त बन्न पुगेको पनि उनले बताए।राईले आफ्नो उम्मेदवारी कुनै हालतमा पछि नहट्ने स्पष्ट पार्दै आफ्नो पक्षमा बढ्दो जनसमर्थनका कारण प्रमुख प्रतिस्पर्धी दलहरु आतिएको टिप्पणी गरे। उनले संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणमा जसपाको पनि महत्वपूर्ण दायित्व रहेको बताए। उनले समावेशीता र पहिचानको मुद्दा सुनिश्चित नभएसम्म मधेसी तथा मुस्लिम समुदायको समुन्नति सम्भव नहुने धारणा व्यक्त गरे।


उनले मधेसी तथा मुस्लिम समुदायमाथि भएको विभेदका कारण युवाहरुले रोजगारीका अवसरबाट वञ्चित भई विदेशिनु परेको टिप्पणी गरे। “रोजगारी मात्रैले पहिचान स्थापित हुँदैन, अधिकारसहितको पहिचान आवश्यक छ,” उनले भने। कार्यक्रममा युवा नेतृ अम्बिका काफ्लेले देशको नेतृत्व अब युवाहरुले नै गर्ने समय आएको बताइन्। उनले मधेसी, मुस्लिम, दलित तथा महिलाको अधिकार र पहिचानको सुनिश्चितता जसपाले मात्र दिलाउन सक्ने दाबी गरिन्। अधिकारसहितको पहिचान चाहने युवाहरुलाई ‘छाता’ चुनाव चिन्हमा मत हाल्न उनले आग्रह गरिन्। साथै, आगामी दिनमा नेपालगन्जमा क्रिकेट एकेडेमी स्थापना गर्न पहल गरिने विश्वास पनि व्यक्त गरिन्। पार्टी प्रवेश कार्यक्रमपछि युवाहरुले कमरुद्दिन राईको पक्षमा नाराबाजी गर्दै घरदैलो समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *